जुवा खेलेको विवादमा सात प्रहरी घाइते

दैलेख, कार्तिक ९ - नारायण नगरपालिका ६ भूर्तीका स्थानीयबासी र प्रहरीबीचको विवादका कारण जिल्ला प्रहरी प्रमुखसहित ७ प्रहरी घाइते भएका छन् । बुधबार दसैंको साँझ गाउँलेलाई प्रहरीले कुटेको भन्दै भूर्तीका बासिन्दाले डिएसपी सुदर्शन थापा, इन्सपेक्टर विनोद शर्मा, असई भक्तबहादुर थापासहित ७ जनालाई कुटेका हुन् । जुवा खेल िरहेको खबर सुनेपछि प्रहरी दैलेखबजार नजिकैको भूर्ती गाउँ पुगेको थियो । त्यहाँ प्रहरीले मदिरा सेवन गरेको निहुँमा स्थानीय हृदयेश न्यौपानेलाई कुटेको थियो । गाउँलेको कुटाईबाट डिएसपी थापाको हातमा सामान्य चोट लागेको छ भने इन्सपेक्टर शर्माको टाउको, अनुहारका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ । आक्रोशित स्थानीयले राति नौ बजेतिर जिल्ला प्रहरी कार्यालयमै पुगेर ढुंगामुढा गरेका थिए । प्रहरीले लाठीचार्ज गरेपछि केहीबेरमै भीड तितरबितर भएको थियो । कुटपिटमा संलग्न रहेको भन्दै ६ जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार छाडेको छ । यता, स्थानीयबासीले रमाइलोका लागि तास खेलिरहेको अवस्थामा प्रहरी आएर घूस मागेपछि विवाद चर्केको बताएका छन् । प्रहरीले ५ हजार देऊ नत्र जिप्रका लगेर थुन्छौं भनेपछि केटाहरू आक्रोशित भएका हुन्, नाम उल्लेख नगरिदिने शर्तमा एक स्थानीयले भने, लगत्तै प्रहरीले कुट्न थाल्यो र घटनाले चर्को रुप लियो । पेशेवर जुवा खेल ाउनेलाई केही नगर्ने तर, दसैंको बेला मनोरञ्जन गरिरहेकाबाट पैसा माग्नुका साथै कुटपिट समेत गरेको गाउँलेको आरोप छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितिमा घटनालाई मिलाइएको छ । दलका नेताहरु र कुटपिट गर्नेहरुले माफी मागेपछि कारबाही प्रक्रिया अघि बढेन डिएसपी थापाले भने, राजनीतिक दल र स्थानीयको सहयोगबिना प्रहरीले एक्लै शान्ति सुरक्षा कायम गर्न सक्ने कुरा भएन । घूसको कुरै होइन । गाउँलेले नै जुवा खेल ाएका छन् भनेपछि प्रहरी त्यहाँ गएको हो । प्रकाशित मिति: २०६९ कार्तिक ९ ०६:२७
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger