Featured Post
print this page
Latest Post

मुसा खाने रातो बिरालोलाई चुटेरै तह लगाउनुपर्छ

एमाले नेता प्रदीप नेपाल यतिबेला पार्टीभित्र भिन्न धारका नेता मानिनुहुन्छ । पार्टीमा आफूलाई लागेका कुरा बोल्न नडराउने नेता नेपाल यतिबेला आफ्नो पार्टी र नेपाली कांग्रेस लगायतले गरेको आन्दोलनप्रति सन्तुष्ट देखिनुहुन्न । एमाओवादी नेता प्रचण्डले पार्ने प्रलोभनमा नेताहरु फस्ने गरेको उहाँको आरोप छ । शुक्रबार पार्टी कार्यालय बल्खुमा अनलाइनखबरसँग कुराकानी गर्दै नेता नेपालले वार्ताको कुरै नगरी आन्दोलनमा जानुपर्ने र ‘रातो बिरालो’लाई पिटेरै तह लगाउनुपर्ने बताउनु भयो । विपक्षी दलहरुले आन्दोलनको घोषणा गर्नुको अर्थ अब वार्ता र संवादको सम्भावना पूरै सकिएको हो ? वार्ताको सम्भावना अब पूर्णरुपमा सकिएको छ । तर, हाम्रा शीर्ष नेताहरुलाई आन्दोलन भनेर जेलाई भनिरहनुभएको छ, म चाँहि यसरी आन्दोलन होला भन्ने ठान्दिँन । किन ? किनभने अहिलेसम्म पनि साथीहरुले सत्ताको प्रकृतिलाई चिन्न सक्नुभएको छैन वा चाहनुभएको छैन । अहिलेको लडाइँ भनेको निरंकुशतन्त्र भर्सेस लोकतन्त्र हो । अहिले एमाओवादीले सम्पूर्णरुपले निरंकुशताको अभ्यास गरिरहेको छ । हाम्रो विरोध बाबुराम वा प्रचण्डप्रति नभएर उहाँहरुले अख्तियार गरेको निरंकुशताप्रति हो । म दक्षिणपन्थी निरंकुशता र उग्र वामपन्थी निरंकुशतालाई एउटै ठान्छु । हिजो ज्ञानेन्द्रपथमा मुलुक गएपछि जसरी हामीले जनतासँग एकाकार भएर आन्दोलन गरेका थियौं, अहिले पनि त्यही उचाइमा गएर नगर्ने हो भने आन्दोलन हुँदैन । यो सरकार पनि ०५९ असोज १८ पछिको ज्ञानेन्द्रकै पालाको जस्तो हो भन्न खोज्नुभएको हो ? मैले गत जेठ १५ को दिनलाई असोज १८ सँग तुलना गरेको छु । आफूसँग सहकार्य गरिरहेका दलले चलाएको सरकारलाई ज्ञानेन्द्रसँग तुलना गर्नका लागि के आधार छ ? आधार छ । निर्वाचन आयोग रित्तिँदैछ भन्ने थाहा पाउँदा पाउँदै सिद्धियो । यसलाई कसरी जोगाउने भन्नेमा प्रतिपक्षहरुले पनि ध्यान दिएनन् । अब हेर्दै जानुहोला, सर्वोच्च अदालत पनि यसैगरी रित्तिन्छ । यो उग्र वामपन्थी चेत हामीले पनि भोगेर आएका हौं । आफूले भोगेको हुनाले मैले यसलाई छिटो देखेको हो कि । अहिले पनि पालुङटारको निर्णयबाट एमाओवादी नेताहरु बाहिरिनुभएको छैन । आजभोलि एमाओवादी नेताहरु जनताको संविधान भन्न थाल्नुभएको छ । निरंकुशता भनेको रातो भए पनि कालो भए पनि बिरालोले दूधै खान्छ । अहिलेको रातो बिरालो उग्र वामपन्थी निरंकुशता हो, यसलाई माया गर्नु हुन्न, यसलाई पनि हामीले चुटेरै तह लगाउनुपर्छ । हाम्रो झलनाथजीले घोडाबाट लतार्छौं भनेर भाषणचाहिँ गर्नुभएको छ, तर यसरी घोडाबाट लतार्ने आन्दोलन नै हुँदैन । यसको मतलब अहिले विपक्षीले घोषणा गरेको आन्दोलनको तरिका तपाईलाई चित्त बुझेको छैन ? यो आन्दोलनको तरिकै ठीक भएन । यो सरकार निरंकुश छ, योसँग वार्ता होइन, आन्दोलनको भाषामात्रै बोल्न सकिन्छ । हामीलाई सत्ता चाहिएको छैन, हामीलाई लोकतन्त्र चाहिएको छ भनेर जानुभएन भने कोही पनि आउँदैनन् आन्दोलनमा । प्रधानमन्त्री फेर्न कोही आउँदैन । यो आन्दोलन प्रधानमन्त्री फेर्नका लागि होइन, शासन प्रणाली फेर्ने लडाइँ हो भनेर जानुपर्छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर गल्ती भयो भन्ने लाग्न थालेको हो तपाइहरुलाई ? यसमा त गल्ती भएको छैन । कि तपाईले निरन्तर हत्याको श्रंखला जारी रहन दिनुपर्दथ्यो, यात युद्धमा हराउने विदेशीहरुको सहायता लिनुपर्ने हुन्थ्यो । अहिले जतिसुकै गफ गरे पनि नेपाली सेनाले हराउन नसकेकै हो । दुबै विन-विन पोजिसनमै थिए । त्योबेला राष्ट्रलाई जोगाउन बाह्रबुँदे सम्झौता राम्रो काम भएको हो । पछि गिरिजाले एमालेलाई तह लगाउन माओवादीलाई ८४ सीट दिएर गल्ती गरे । प्रचण्डले गिरिजालाई राष्ट्रपतिको लोभ देखाए । गिरिजा मरेपछि माधव नेपाललाई प्रचण्डले एक रातभरि राष्ट्रपति बनाए । हरेक मान्छेलाई लोभ देखाएर माओवादीले आफ्नो पोजिसन यस्तो बनायो । माओवादीले चुनाव जितेर पनि आएको होइन । यो सबै कुरा गिरिजाले बाँचुञ्जेल बुझेनन् । उनी आफू पनि लडे, एमालेलाई पनि लडाए । तपाईको विचारमा विपक्षी दलहरु कहाँनेर चुकिरहेका छन् ? समकालीन राजनीतिमा म प्रचण्डको कुबुद्धिलाई मान्छु । प्रचण्डमा बुद्धि भैदिएको भए उनी धेरै ठूला मान्छे हुन्थे । तर, उनी कुबुद्धि भएका मान्छे रहेछन् । उनी जसलाई पनि लफन्ड्याउँछन् । उनले गिरिजालाई पहिलो राष्ट्रपति बनाए, माधव नेपाललाई दोस्रो राष्ट्रपति बनाए । अस्ति उनैले सुशील जी तपाई तयार हुनोस् भन्दै उनलाई पनि प्रधानमन्त्री बनाइदिए । त्यसपछि नागरिक समाज नाम गरेका लोभीपापीहरुलाई पनि उनलाई प्रधानमन्त्री बनाइहाले । नागरिक समाजको गोप्य बैठक पनि चल्यो । उनले प्रधान न्यायाधीशलाई पनि प्रधानमन्त्री दिँदैनन् । बाबुरामको ठाउँमा प्रधानमन्त्री हुन लायक कोही छ भने त्यो प्रचण्डमात्र हो भन्ने उनको बुझाइ छ । यो सच्चाइलाई हाम्रा कुनै पनि नेताहरुले बुझेनन् । वहाँहरुलाई पालो आउँछ कि भन्ने भ्रम भैराखेको छ । तर, एमाओवादीले आफ्नो पार्टी र आफ्नो मान्छेबाहेक दोस्रोलाई पालो दिनेवाला छैन । त्यसोभए अब विपक्षी दलले के गर्नुपर्छ ? अब वार्ता नगर्ने । वार्तारहितको आन्दोलन गर्नुपर्छ । सरकार फेर्नका लागि आन्दोलन गरिएको हैन भन्नका लागि त सुशील कोइरालाको नाम पनि प्रस्ताव गर्न भएन होला नि हैन ? कसैलाई अगाडि सार्नुपर्दैन । हामीलाई लोकतन्त्र चाहिएको छ । तत्कालको मुद्दामा सुशील कोइरालाले लोकतन्त्रको प्रतिनिधित्व गर्छन् भने बाबुरामले निरंकुशतन्त्रको प्रतिनिधित्व गर्छन् भन्नसम्म सकिन्छ, तर मान्छेको नाम लिएर आन्दोलन गर्नु हुँदैन । विपक्षी दलहरुले दैलेखबाट आन्दोलन गर्ने बताएका छन्, तपाईको विचारमा अब कसरी जानुपर्छ ? त्यो बेकार छ । जब महान्यायधिवक्ताको पत्र सार्वजनिक भयो, त्यतिबेलै महान्यायधिवक्ताको कार्यालय घेर्न जानुपर्दथ्यो । कार्यालयभित्र १२/१५ जना छिरेर यो चिठी किन लेखिस्, तुरुन्त फिर्ता गर् भन्न सक्नुपर्दथ्यो । यत्रो खतरनाक निरंकुशता देख्दादेख्दै पनि उनीहरु अझै वार्तै गर्ने भन्दैछन् । अहिलेसम्म पनि विपक्षी नेताहरुको दृष्टिकोण ठीक छैन । वार्ता र आन्दोलन कुनै धर्तीमा पनि सँगसँगै हुँदैन । कि आन्दोलनको प्रेसरले वार्तामा पुग्नुपर्छ, कि वार्ता गरेर आत्मसमर्पण गर्नुपर्छ । आन्दोलनको बलमा मात्रै वार्ता हुने हो । त्यसैले नेताहरुले आफ्नो सोच र चिन्तनलाई अझै परिमार्जन गर्न जरुरी छ । अब तपाईको विश्लेषणमा मुलुकमा के हुन्छ ? जेठमा चुनाब होला ? म त ०७१ सालको बैसाखसम्म पनि चुनाव भएछ भने आश्चर्य मान्नेछु । जवसम्म एमाओवादी सत्ताबाट बहिर्गमन गर्दैन, तबसम्म चुनाबै हुँदैन । प्रचण्डले झुक्किएर भनिहाले, २५ वर्षसम्म शासन गरिन्छ । योचाहिँ उनको भित्री चेत बोलेको हो । यसलाई हामी कसैले पक्रन सकेनौं । अब आन्दोलनको एजेन्डा केलाई बनाउने त संविधानसभा पुनस्र्थापना भन्ने हो कि ? हामीले ज्ञानेन्द्र विरुद्ध के आधारमा आन्दोलन गरेका थियौं, त्यति सम्झिए पुग्छ । त्यो दक्षिणपन्थी निरंकुशता थियो, यो उग्रपन्थी निरंकुशता हो । ज्ञानेन्द्रका पालामा प्रतिनिधिसभा पुनर्स्थापना स्पष्ट एजेन्डा थियो नि हैन र ? त्यो त पछि गएर टुंगिएको हो, शुरुमै संसद्को पुनर्स्थापना गर्न कसैले भनेको थिएन । यो आन्दोलन पनि संविधानसभा पुनस्थापनामा पुग्दैन भन्न सकिन्न । किनभने संविधानसभालाई बलात् नै खोसिएको हो । तर, अहिल्यै संविधानसभा पुनस्थापनाका लागि आन्दोलन बढाउनुपर्छ भन्नु हुँदैन । हामीले निरंकुशताविरोधी आन्दोलन नै भन्नुपर्छ । पुनस्थापनाको पासा त प्रचण्डले फालिसकेकै छन् नि । आन्दोलन नै गर्ने भनिसकेपछि कुन एजेन्डामा जाने प्रस्थानविन्दु त चाहिएला नि ? अहिले माग्दाखेरि केन्द्रीय होइन, स्थानीय चुनावको माग गर्नुपर्छ । हाल भैरहेको भ्रष्टाचार रोक्नका लागि पनि स्थानीय निकायको चुनाव जरुरी छ । आन्दोलनको केन्द्रीय एजेन्डा नि ? अहिले म कुन ठाउँमा पुगेको छु भने सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ । यस्तो सरकारमा बस्ने मान्छेले चुनाव लड्न पाउँदैन । समानुपातिकमा पनि उसले आफ्नो नाम टाँस्न पाउँदैन र २६ जनामा पनि नाम हाल्न पाउँदैन । उसको अधिकार भनेको निर्वाचन आयोग गठन गर्ने र चुनाव गराउनेमात्र हुनुपर्छ । निर्वाचन एकैचोटि दुबै तहमा गराउनुपर्छ । तल छाडेर माथिको मात्रै चुनाव गराइनु हुँदैन । निर्वाचन आयोग रित्तिन लाग्दा विपक्षीले जोगाउन सकेनन् । प्रचण्डले पछि सहमतिमा बनाऔंला भनेर मख्ख पारेछन् । पहिले अरु कुरा नगर, चुनाव गर्ने भए निर्वाचन आयोग बनाऊ भन्न सक्नुपथ्र्यो। निर्वाचन आयोग नबनाउनेले कसरी चुनाव गर्छ ? प्रचण्डले जे भन्छन्, साथीहरु त्यसैमा बग्दै जानुभयो । तपाईले पूर्व प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार बनाउने त भन्नुभयो, तर नेपाली कांगेसले सुशीलको विकल्प खोज्न मान्ला र ? नमान्लामात्रै होइन, रामचन्द्रजीले वार्ता र आन्दोलन सँगै लानुपर्छ भन्नुभएको छ । यो त वहाँहरुले बुझ्नुपर्यो नि । कांग्रेसले नमान्ला, प्रचण्डले नमान्लान्, कमल थापाले नमान्लान्, योसँग सरोकार राख्नुहँदैन । कांग्रेसको मात्रै के कुरा गर्नु एमालेकै बैठकमा माधव नेपालले यस्तो प्रस्ताव राख्दा नेताहरुले मानेनन् रे त ? एउटै मान्छेका पछि लागिराख्दा कुरो नमिल्न पनि सक्छ भनेर माधवजीले भन्नुभएको हो । उहाँले बोल्नै पाउनुहुन्न त भन्ने मिलेन नि । म त शुरुदेखि नै बाबुरामको ठाउँमा केपी ओली, रामबहादुर, श्यामबहादुर भन्ने पक्षमै छैन । खास गरेर बिप्पा सम्झौतादेखि नै बाबुरामप्रति मेरो आशंका हो । इमिग्रेसन सुरक्षाको विषयमा पनि आशंका बढ्यो । विपक्षीको आन्दोलनमा उपेन्द्र यादवहरु आउनै लागेका थिए, सुशील कोइरालाकै कारण पछि हटे भन्ने छ नि ? अहिले हामीले कांग्रेसलाई आन्दोलनबाट बाहिर जान दिनु हुँदैन । र, अरुलाई पनि दिनु हुँदैन । उपेन्द्र यादवहरु किन गए भन्ने मलाई नसोध्नु न नेताहरुलाई नै सोध्नोस् । त्यहीबेला माधव नेपालले अर्को मान्छेलाई बनाऔंला आउनोस् भनेको भए केही बिग्रन्नथ्यो । त्यहाँ केही नभन्ने अनि यहाँ (बल्खुमा) आएर भनेको भरमा मान्छेले मान्दैनन् । त्यही भएर उनीहरुले मानेनन् । आन्दोलन गर्ने हो भने सबैलाई समेट्न सक्नुपर्छ । सुसीलको नाम आउनेवित्तिकै माओवादी (वैद्यपक्ष) आन्दोलनमा आउँदैन । नेताहरुलाई यसबारे सामान्य ज्ञान हुनुपर्ने हो । मेरो विचारमा सबैलाई मान्य हुने नाम भनेको पूर्वप्रधानन्यायाधीश नै हुन् । तपाईको विचारमा अब यो आन्दोलन कहिले पार लाग्ला ? फागुन, चैत्र वा बैसाख ? यो आन्दोलन मेरो हिसाबमा घटीमा दुईवर्ष, बढीमा पाँचवर्ष जान्छ । किनभने बाबुरामका प्रभु अन्तै छन् । प्रचण्ड पनि बाबुरामका प्रभु हैनन् । त्यसैले आन्दोलन दुईवर्षभन्दा ढी समयका लागि तय गरिनुपर्छ । आन्दोलनलाई राष्ट्रियतासँग जोड्नुपर्छ । तर, नेताहरु भारतको विरोध गर्न डराइराखेका छन् । त्यो भारतले के गर्छ ? हदैभए नेताका छोरोछोरीलाई छात्रवृत्ति दिन छाड्ला । ०४६ सालको परिवर्तनपछि नेकपा एमाले नेपाली राजनीतिको उदीयमान शक्ति थियो, तर अहिलेको अवस्थामा आइपुग्नुको कारण के हो ? जव ०५३ सालमा कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकारमा सामेल हुन हुन्छ भने हामीले पनि लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा सामेल हुन मिल्छ भन्ने निर्णय जव स्थायी कमिटीले गर्‍यो, त्यही दिनबाट हामी स्खलनतिर लाग्यौं । त्यसपछि स्खलन निरन्तर अगाडि बढ्दै गयो । अहिले पनि विपक्षी गठबन्धनमा कार्यक्रमहरुमा एमाले अध्यक्ष झलनाथ खनालकै छेउमा सूर्यबहादुर थापा देखिनु त्यसैको सिलसिला हो ? सरकार र आन्दोलन अलि फरक छ । जनताको बहुदलीय जनवादले दिएको शिक्षा के हो भने आफ्नो नेतृत्वमा आफ्नो कार्यक्रम लागू हुने गरी सरकारमा जान सकिन्छ । तर, अर्काको पार्टीको प्रधानमन्त्री भएपछि आफ्नो कार्यक्रम कसरी लाने ? आन्दोलन त बेग्लै पाटो हो, यसमा सिंगो शक्तिलाई परिचालन गर्नुपर्छ । एमालेमा स्खलनका अरु शिलसिला के हुन् ? हामीले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त बहुदलीय जनवाद हो भनेका छौं । यसो भनिसकेपछि हामीले मार्क्सवाद लेनिनवाद भनिरहनै पर्दैन । नेपालको मार्क्सवाद भनेकै जनताको बहुदलीय जनवाद हो । मचाहिँ मार्क्सवाद लेनिनवाद भनिरहन जरुरी छैन भन्छु, तर साथीहरुचाँहि तलको प्रतिवादलाई सम्झाउनै सक्नुहुन्न । महाधिवेशन हलमा पनि लेनिनको फोटो किन राखिएन भनेर हल्ला चलेपछि हतार-हतार ल्याइयो । लेनिनको तानाशाही संगठनात्मक सिद्धान्त हामीसँग मिल्दैन भन्न सक्नुपर्थ्यो । नेताभन्दा कार्यकर्ता अलि वायाँ रहेछन् हैन एमालेमा ? वायाँ भन्दा पनि हामी पढ्दैनौं क्या । त्यही मदन भण्डारीकै रचना पढ्ने हो भने पनि सबै कुरो त्यहीँ छ । पढ्दीने हो भने समस्यै पर्नै थिएन । अर्को कुरा ६० वर्ष नाघेपछि मान्छे बूढो हुँदोरहेछ । उहिले माओत्सेतुङ्गको दर्शन पढेर आएको मान्छे मार्क्सबादी हुनै सक्दैन । भनेपछि एमालेको नेतृत्व तहमा नयाँ मान्छे नभएकाले पनि समस्या परिरहेको रहेछ हैन ? एकदम । हिजो साथीहरुले ७० वर्ष पुगेपछि नेतृत्वमा नबस्ने भनेछन् । मैले त ६० वर्षपुगेपछि बस्न हुँदैन भनिराखेको छु । ६० वर्ष अवकाशको राम्रो उमेर हो । नेताहरु किन ७० को कुरो उठाइरहनुभएको छ भने उहाँहरु अझै एक कार्यकाल खान खोज्दै हुनुहुन्छ । यस्तो केटाकेटी काम पनि गर्न हुन्छ ? भारतमोहनजी बाहेक हाम्रा धेरै नेताहरु ००५ सालका छन् । अहिले ६५ भए, पाँचवर्षपछि ७० पुग्छन् । त्यसैले ७० वर्षसम्म खाइहालौं भन्ने योजनामा छन् ।
0 comments

सन्नी लियोनको सेक्सी MMS लिक (Video)

भिडियो हेर्नुहोस्)
भिडियो हेर्नुहोस्)
0 comments

विवाह गर्न नमान्दा बलात्कार

(पुरा भिडियो हेर्नुहोस्)
मुगु – महिला हिंसाबिरुद्ध देशभर १६ दिने अभियान चलिरहेको अवस्थामा मुगुको गाउँमा भने विवाह गर्न नमानेको निहुँमा एक किशोरी बलात्कारीको निर्मम सिकार बन्न पुगेकी छिन् । रोवा गाविस–६ निवासी १७ वर्षीया किशोरीलाई रुगा गाविस–३ थार्पा बस्ने २० वर्षको रामसिंह बोहराले राति १२ बजेतिर जबर्जस्ती बारीमा लगेर बलात्कार गरेको बताइएको छ । किशोरीलाई विवाहको लागि प्रस्ताव गरिएको तर उनले विवाह गर्न नमानेकीले बलात्कार भएको रोबा गाविस–३ निवासी रुपबहादुर बुढाले बताए । पीडित किशोरीको उजुरीमा प्रहरीले अभियुक्त बोहरालाई निजकै घरबाट आज पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको निमित्त प्रहरी नायब उपरीक्षक दिनेश भण्डारीले बताउनुभयो । किशोरी कक्षा ८ मा अध्ययनरत् छात्रा हुन् । रासस (पुरा भिडियो हेर्नुहोस्)
0 comments

Exchange Rate for 30 November, 2012


Exchange Rate for
 30 November, 2012

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
87.71
88.31
European euro
1
113.78
114.56
UK pound sterling
1
140.46
141.42
Swiss franc
1
94.54
95.18
Australian dollar
1
91.77
92.39
Canadian dollar
1
88.45
89.06
Singapore dollar
1
71.84
72.33
Japanese yen
10
10.68
10.75
Chinese renminbi (Yuan)
1
14.08
14.18

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
13.24
Danish Krone
1
15.25
Hong Kong dollar
1
11.32
Saudi Arabian riyal
1
23.39
Qatari riyal
1
24.09
Thai baht
1
2.86
UAE Dirham
1
23.88
Malaysian ringgit
1
28.80

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
0 comments

यूरोपमा राजेश र इन्दिरा धुम मच्चाउदै

नेपाली सांगीतिक क्षेत्रका २ चर्चित हस्ति राजेश पायल राई र गायिका ईन्दिरा जोशी नमस्ते यूरोप सांगीतिक यात्रामा सहभागी हुन यूरोप पुगेका छन् ।बेलायतमा भाई तिहार मनाउदै लन्डनबाट सिधै स्विजरल्यान्ड पुगेका राईले पहिलो पटक यूरोपमा आफ्नो सांगीतिक प्रस्तुती पस्कन लागेका हुन् । नमस्ते इन्रटेन्मेन्ट प्रालीको प्रायोजनमा गायक राई र गायिका जोशी यूरोप भ्रमणमा निस्किएका हुन् । यि दुइले हामबर्ग जर्मनीमा ६ डिसेम्बर र बेल्जियमको लुभेनमा ८ डिसेम्बरमा कार्यक्रम गर्ने तय भएको छ ।
यस्तै यूरोप भ्रमणमा रहेका राईको एकल साँझको तयारी युरोपका विभिन्न देशमा गरिएको छ । आधुनिक गायन तथा चलचित्रको पाश्र्व गायनमा चर्चित रहेका गायक राईले विश्वका थुप्रै देशमा आफ्नो सांगीतिक प्रस्तुती पस्किसकेका छन् ।
0 comments

वीना मलिकको पोर्न एमएमएस सार्वजनिक

संधै विवादमा मुछिरहने पाकिस्तानी कलाकार वीना मलिक फेरि एक पटक चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण हो इन्टरनेटमा राखिएको उनको एक पोर्न एमएमएस । यो निकै आपत्तिजनक छ । यस एमएमएसमा वीना राजन वर्मा नामका एक युवकसागै निकै आमुक दृश्यमा देखिएकी छिन् । यसअघि उनी टपलेस फोटो सुटका कारण चर्चा र विवादमा आएकी थिइन् ।
0 comments

पानी माग्ने हिंस्रक लडाई (फोटो फिचरसहित)

१५ मंसिर, काठमाडौं । समयमा वर्षा भएन भने देउता रिसायो भन्ने चलन छ । देउतालाई खुसी पार्न पुजा गर्ने आ आफ्नो तयारीका छ । नेपालमा लामो समयसम्म खरेडी पर्‍यो भने भ्यागुताको विहे गर्ने चलन छ । इण्डोनेशियामा भने क्रूस प्रथा छ । यस प्रथालाई उजुन्गन नामले चिनिन्छ । युवाहरु बाबियोको डोरीले एक अर्कालाई हान्छन् । त्यहाँ रेफ्रीको निर्देशन अनुसार लडाई हु
त्यस क्रममा कुनै प्रतियोगिताको शरीरबाट रगत बग्यो भने भगवानले उसको कुरा सुन्यो र छिट्टै उसको इलाकामा वर्षा हुन्छ भन्ने जनविश्वास छ । यस्तो क्र्रूर लडाई हेर्न स्थानीहरु जम्मा हुन्छन् र उनीहरु बाजा गाजा बनाएर नाचगान समेत गर्छन् । उजुन्गन केदिरीसहितका अन्य इलाकामा मनाइन्छ ।
0 comments

कागजजस्तै पट्याउन मिल्ने मोवाइल !

कल्पना गर्नुस त, तपाईले मोबाइल फोनलाई कागजको टुक्रा जस्तै प्रयोग गर्न पाउनु भयो । त्यसलाई मोड्न, खसाल्न वा तोडमोड गरेर आफ्नो खल्तीमा राख्न राखिन्छ, अनि चाहिएको बेला कुनै क्षति नभएको अवस्थामा झै फेरि प्रयोग गर्न सकिन्छ । शोधकर्ताहरु अहिले यस्तै लचिलो मोबाइल फोनमा काम गरिरहेका छन्, जुन् निकै पातलो र कागज जस्तै पट्याएर राख्न सकिन्छ । यस्तो लचिलो फोनले नमूना ग्याजेट शोमा पहिल्यै धेरैलाई लोभ्याइसकेको छ ।
अहिले यसको चर्चा बढेको छ र आगामी वर्ष सन् २०१३ सम्ममा यस्तो पहिलो फोन बजारमा उपलब्ध हुनेछ । एलजी, फिलिप्स, शार्प, शोनी र नोकिया सस्ता कम्पनी यस प्रविधि निर्माणमा जुटेका छन् । तर, सबैलाई उछिनेर दक्षिण कोरियाली कम्पनी सामसुङले सबैभन्दा पहिला यस्तो फोन ल्याउन सक्ने बताइएको छ ।सामसुङ लचिलो प्रविधिको पक्षधर हो र उसलाई विश्वास छ कि यो विश्वभर निकै लोकप्रिय हुनेछ । सामसुङका प्रवक्ताका अनुसार यस्तो फोनको स्क्रीन मोडिने र उत्कृष्ट त हुन्छ नै । यसको साथमा परम्परागत एलसीडी टेक्नोलोजीको तुलनामा प्लास्टिकको जस्तै हलुका र पातलो पनि हुनेछ । पूर्ण रुपमा लचिलो मोबाइल फोन बनाउन स्क्रीनका साथ साथै कभरदेखि ब्याट्रीसम्म पनि त्यस्तै हुनुपर्नेछ ।
१९६० को दशकमा पहिलो पटक लचिलो सौय सेल प्रदर्शन गरिएको थियो भने सन् २००५ मा फिलिप्सले एक नमूना सार्वजनिक गरेको थियो । क्याबि्रज विश्वविद्यालयका प्रोफेसर आन्द्रे फेरारी भविश्यको लचिलो पदार्थहरुमा अध्ययन गरिरहेका छन् । उनी यसका लागि ग्रेफीनको प्रयोग गर्छन् । यो पदार्थ सन् २००४ मा म्यानचेष्टर विश्वविद्यालयमा काम गर्ने दुई रुसी बैज्ञानिकले बताएका हुन् । ग्रेफीन कार्बनको अणुले भनेको पातलो झिल्ली हो र हिराभन्दा पनि बलियो हुन्छ । शोधकर्ताहरुका अनुसार ग्रेफीन र सिलिकोन पारदर्शी र हलुका मात्र हैन, यसले भविश्यको इलेक्ट्रोनिक उपकरणमा क्रान्तिकारी परिर्वतन ल्याउँछ । नोकियाका लागि काम गरिरहेका प्रोफेसर फेरारी भन्छन्- हामी लचिलो र पारदर्शी डिस्प्लेमा काम गरिरहेका छौं, जुन भविश्यको लचिलो फोन, ट्याबलेट, टीभी र सोलार सेटको हिस्सा हुनेछ । एजेन्सीको सहयोगमा
0 comments

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger