आज मिती २०६९ साल कार्तिक ११ गते शनिबार, तदअनुसार अक्टोबर महिनाको २७ तारिख २०१२, त्रयोदशी, तिथीको राशिफल यस प्रकार छ । मेष : पारिवारिक वातावरणमा केही सुधार आउने छ। खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु होला। रिसको कारणले असर पुर्र्याउला। जो सँग जतिबेला बोले पनि बडो विचार पुर्र्याएर मात्रै बोल्नु होला।
वृष: पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । व्यवहारिक एवं आर्थिक लाभमा कमी आउनेछ। लेखन प्रकाशन सम्बन्धी क्षेत्रमा लाग्नेसमय छ। सानोतिनो भए पनि सृजनात्मकसफलता मिल्नेछ।
मिथुन : आफन्त वा साथीभाइले असहयोग गर्न सक्छन्। आज यात्राको समय छ। तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ। साथै मनोरञ्जन प्राप्त पनि होला।
कर्कट : समय राम्रै छ। साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ।शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ। मन प्रसन्न बनाएरकाम गर्नुहोला।
सिंह : समय मध्यम खालको छ। प्रेममा सफलताप्राप्त हुने योग छ। कृषिकार्यतिर मन जानेछ। प्रयाससाध्य समय छ धैर्य गर्नुहोला। प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ।विभिन्न महत्वपूर्ण दिनहरु मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ।
कन्या : आजको दिनलाई नराम्रो भन्न मिल्दैन। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। आर्थिक लगानी गर्ने समय आएको छ। धेरैथोरै लगानी गर्नु पर्नेछ।
तुला : समय अनुकूल छैन। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। दान पुण्यको कार्य गर्नु होला। कुनैदेवालय मठ मन्दिरको दर्शन भ्रमण हुनेछ।
वृश्चिक : राम्रो समयको योग छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। शैक्षिक प्रगतिबाट ठूलो फड्को मार्न सिकने छ। दिन दुईगुना रात चौगुना गरी उन्नतितर्फ लाग्नु होला।
धनु : असल समय छ। विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।व्यवहारिक समस्याले पिरोल्न सक्छ। विवाह तथा पारिवारिक जीवनमा भने रमाइलो आउने छ।
मकर :- हिजोआज राम्रै समय चल्दैछ। भेटघाटएवं रसरङ्गमा समयबित्नेछ। मेवा मिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ।
कुम्भ : खराब समय छ। मानप्रतिष्ठार सामाजिक मर्यादामा आँच आउने सम्भावना छ। यात्राको योग छ। घरपरिवारबाट पनि यात्राको लागि आवश्यक सहयोग मिल्ने छ।
मीन : हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। धर्मकर्ममा रुचि बढ्ने योग छ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। अरुबाट तपाईका कामको उच्च मूल्याङकन हुने बेला पनि नजिक छ। बोल्दा ख्याल गर्नुहोला। |
|
Post a Comment