चट्टान खस्दा दुई नेपालीसहित चारको मृत्यु

बैतडी, कार्तिक १४ - सीमावर्ती भारतको धार्चुलास्थित तिनतोला क्षेत्रमा गाडीमाथि चट्टान खस्दा दुई नेपालीसहित चार जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् । सोमबार साँझ ४ बजेतिर भारतबाट दैनिक उपभोग्य बस्तु लिएर घरतर्फ फर्कँदै गरेका दार्चुलाको राप्ला-५ मालका ३० वर्षीय धनजितसिंह धामी र २२ वर्षीय गणेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । धार्चुलाबाट घर फर्कन युए ०५-३८४० नम्बरको पिकअप भ्यानमा गइरहेका बेला माथिबाट एक्कासि चट्टान खस्दा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुने अन्य दुई जना भारतीय नागरिक पनि छन् । भारतको गर्वाधारसम्म गाडीमा गएर महाकाली नदीमाथि तुइन तरेर फर्कन खोजेका थिए । उनीहरूको शव पोष्टमार्टमका लागि धार्चुलास्थित सामुदायिक स्वास्थ्य केन्द्रमा राखिएको छ । गाउँमा महँगो मूल्य तिर्नुपरेकाले यहाँका बासिन्दा दैनिक उपभोग्य वस्तु ल्याउन समेत महाकाली नदीमाथि तुइन तरेर भारत जाने गर्छन् । वर्षातका बेला अवरुद्ध भएको पैदल बाटो समेत मर्मत नहुँदा यहाँका बासिन्दा भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् । पोष्टमार्टमपछि शव नेपाल ल्याइने दार्चुलामा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी अधिकारीले बताए । सडक मर्मत गर्न विस्फोटक पर्दाथ प्रयोगले चट्टान चर्किएको यात्रुहरू बताउँछन् ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger