कर्म थलो आउने चटारो (फोटो फिचर)
१२ कात्तिक, काठमाडौं । दशैं मनाउन गाउँ गएकाहरु धमाधम काठमाडौं र्फकन थालेका छन् । दशैं मान्न गएकाहरु र्फकन थाले लगत्तै राजधानीका सडकमा चहलपहल बढ्न थालेको छ ।
यसवर्ष दशैंमा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बढी यात्रु बाहिरिएकाले यात्रुको चाप बढी रहेको यातायात व्यवसायीहरुले बताएका छन् ।
दशैंको मुखमा दैनिक ६ हजार भन्दा बढी गाडी बाहिरिएकोमा अहिले दैनिक साढे ४ हजार गाडी मात्रै उपत्यका भित्रिएका छन् ।
प्रयाप्तमात्रामा यात्रुबस नचल्दा सर्बसाधारण छतमा बसेर जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । दशैँमा गाउँ जाँदा यातायात ब्यबसायीले बस थपे पनि काठमाडौं र्फकदा बस नथपेकोले यात्रुहरुको सास्ती भएको हो ।
यात्रुबाहक बस नपाएपछि यात्रुहरु मालसामान बोक्ने गाडीमा समेत कोचिएर यात्रा गर्न बाध्य थिए । आइतबार काठमाडौं भित्रिने नाकाहरुमा कैद गरिएका तस्वीरहरु ।
Labels:
National News






Post a Comment