बलात्कार प्रयासले बालिकाको हात भाँचियो

बझाङ/ छिमेकी एक युवकले बलात्कार प्रयास गर्दा चौधारी ६ की १२ वषर्ीया कल्पना धामी -नाम परिवर्तन)को हात भाँचिएको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख डा. इन्द्रप्रसाद पौडेलले बालिकाको शरीरमा चोटपटक लागेको बताएका छन् ।
बलात्कारको प्रयास गर्ने धनु रावललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घरबाट करिब दुई सय मिटरटाढा सुकाएको कपडा लिन जाँदा रावलले बलात्कार प्रयास भएको पीडित धामीले बताइन् । कपडा च्यातचुत पारी बलात्कार गर्न खोज्दा चिच्याउन थालेपछि स्थानीयले उद्घार गरेको उनले बताएकी छिन् । रावलले मार्ने धम्की दिएर जबर्जस्ती गर्न थालेको पीडित बालिकाको भनाइ छ । घटनाको विरोध गर्दै जिल्लामा कार्यरत विभिन्न मानवअधिकारवादी संस्थाले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सागर बोहराले जानकारी दिए ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger