मानिसको सेक्सीपना अण्डाले बताउँछ

कुखुराको अण्डा, जसलाई मानिसले उमालेर, फ्राई गरेर आदि विभिन्न तरिकाले पकाएर खान सक्छन्, अण्डा काँचैपनि खाने गरिन्छ ।
अण्डाले जिब्रोलाई स्वाद मिल्छ भने पेटको भोग मेटाउने काम पनि गर्छ । तर, अब भने अण्डाको सेवनबाट मानिसको यौन लगावको बारेमा पनि जानकारी दिने तथ्य बाहिर आएको छ । बेलायती अण्डा काउन्सिलको लागि गरिएको एक अध्ययनले यस्तो तथ्य निकालेको हो । वैज्ञानिकहरुले एक हजार १० वयस्क व्यत्तिमा गरेको अध्ययन अनुसार उमालेको अण्डा खानेहरु संगठित भएर बस्न खोज्ने किसिमका हुन्छन् । फ्राई गरेको अण्डा रुचाउनेहरुमा यौन इच्छा तीब्र हुन्छ भने अमलेट रुचाउनेहरु अनुशासित हुन्छन् । डेलीमेलको समाचार अनुसार उमालेको अण्डा रुचाउनेहरुमा सम्बन्धविच्छेद लिने चाहना बढी हुन्छ । यसमा अण्डमा कसरी र कुन तरिकाले सेवन गरियो भन्ने कुरा प्रधान नहुने पनि जनाइएको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger