मोटोपन घटाऊन अपनाउनु पर्ने केही जरुरी कुराहरु

१) भोको बसेर चाडै तौल घटाऊने प्रयास गर्नु हुँदैन । यस बाट बिभिन्न बिकृतिहरु उत्पन्न हुन सक्छ । हप्ताको १/२ देखी १ किलो भन्दा बढी तौल घटाऊनु उपयुक्त हुँदैन । २) उसिनेको खाना मात्र खानु पर्छ भन्ने गलत धारणा राख्नु हुँदैन । स्वादको लागि केही मरमसला प्रयोग गरी खाद्य पदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । नुनको मात्रा भने कमै प्रयोग गर्नु उपयुक्त हुन्छ । ३) खाद्य पदार्थलाई राम्रो सँग चपाएर मात्र निल्ने गर्नु पर्छ । ४) खाना दिनको ३/ ४ पल्ट पनि खान सकिन्छ तर एकै पल्ट धेरै खाना खानु हुँदैन । ५) सधैं नियमित रुपले निस्चित मात्रामा खाद्य पदार्थको प्रयोग गर्नु पर्छ । ६) भोकको अनुभुति भई रहेमा अति काम क्यालोरी दिने खाद्य पदार्थहरु जस्तै : गाजर , काँक्रो कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ । ७) बेलुकाको खाना (डिनर) अलि सबेरै , बेलुकी ७ बजे भित्र खानु उपयुक्त हुन्छ । खाना खाने बित्तिकै सुत्नु हानिकारक हुन्छ ।
८) तौल घटाऊनको लागि उचित ब्यायाम पनि खाना जत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिंड्ने अथवा हलुका ब्यायाम गर्ने बानी बसाल्नु पर्छ । ९) ब्यायाम सकेपछि नियमित स्नान गर्नु पर्छ । यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउछ । १०) तौल घटाऊछु भन्ने मनमा सन्कल्प लिनु पर्छ । धेरै क्यालोरी दिने खाना खान छोडेको १/२ हप्ता सम्मा छटपटी लाग्ने , निन्द्रा नपर्ने , पेट पोल्ने र मुखमा अमिलो पानी आउने लक्षण देखा पर्न सक्छ त्यसैले आफ्नो आत्मबललाई बलियो बनाउनु पर्छ र यस्ता समस्यालाई पानी प्रसस्त मात्रामा पिएर जित्न सकिन्छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger