भारतीय शिवसेनाका संस्थपक बाल ठाकरेको निधनपछि ‘मुम्बई बन्द’ को फेसबुकमा आलोचना गर्दा एक महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । उनको पोष्टलाई लाइक गर्ने उनका एक साथीलाई पक्राउ गरिएको छ ।
महिलामाथि ‘धार्मिक भावनामा ठेस पुर्याएको’ आरोप लगाइएको छ । उनलाई प्रहरीले अदालतमा पेश गरेपछि जमानतमा रिहा गरिएको छ ।
दुबैविरुद्ध आईपीसीको धारा ५०५ र आईटीको धारा ६६ ए अन्तरगत पक्राउ गरिएको उत्तरी मुम्बईका पालघरका इनिस्पक्टर श्रीकान्त पिंगलेले बताएका छन् । उनले फेसबुकमा ‘ठाकरे जस्ता मानिस दिनहु जन्मिन्छन् र मर्छन र यकिा लागि बन्द हुन आवश्यक छैन ।’ लेखेकी थिएन ।
Post a Comment