एमाले नेता महतको निधन
काठमाडौं, कार्तिक २२ -
एमाले केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री डिल्लीबहादुर महतको निधन भएको छ ।
मस्तिष्क पक्षघातबाट पीडित महतको बुधबार बिहान ११ बजेर २० मिनेटमा मनमोहन मेमोरियल अस्पतालमा निधन भएको एमाले प्रचार विभाग सचिव सूर्य थापाले जनाएका छन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
महतको शवलाई मध्यान्ह १२ देखि दिउँसो ३ बजेसम्म पार्टी मुख्यालय बल्खुमा श्रद्धाञ्जलीका राख्ने थापाले जानकारी दिए ।
माधवकुमार नेपालको सरकारमा महत शान्ति तथा पुननिर्माण राज्यमन्त्री थिए । जुम्लाबाट सोमबार उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
महतको बुधबार नै अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।
Labels:
National News
Post a Comment