विकासमा ठुला ठुला छलाङ मार्दै आएको चीनमा फेरी अर्को चमत्कार गर्ने तयारी गरिएको छ।
चीनको एउटा कन्स्ट्रक्सन कम्पनीले मात्र ९० दिनमा संसारै सवै भन्दा अग्लो बिल्डिङ बनाउने दावी सहित तयारी गरेपछि ठुला ठुला इन्जिनियरहरु समेत जिल खाएका छन्।
चीनको दक्षिणपुर्वी एक शहरमा बन्न लागेको यो बिल्डिङ २२० तलाको हुनेछ भने यसको उचाई २७४९ फिट हुने बताइएको छ।
यो भवनमा १७,४०० मानिसको लागि बस्ने घर तयारपारिनु का साथै हस्पिटल, स्कुल र कार्यलय पनि रहेन बताइएको छ।
यो बिल्डिङ हाल संसारकै सवै भन्दा अग्लो बिल्डिङ बुर्ज खालिफा(युएइमा छ) भन्दा ३२ फिट अग्लो हुनेछ।
स्काई सिटी नाम दिइएको यो बिल्डिङलाई एक चीनियाँ कम्पनी ब्रोड ग्रुपले डिजाइन गर्ने छ। यो बिल्डिङले ९ रेक्टर स्केल सम्मको भुकम्प धान्ने पनि बताइएको छ।
१० लाख वर्ग मिटरमा यो बिल्डिङ बन्ने छ भने ३ हजार भन्दा बढि मानिस एकसाथ निर्माण कार्यमा संलग्न हुने छन् । बिल्डिङ बनाउन २ लाख टन त स्टिल मात्रै प्रयोग गरिनेछ।
बिल्डिङको निर्माण कार्य डिसेम्वरमा शुरु भएर तीन महिनामा सक्ने तयारी रहेको छ।
हाल सम्म संसारका अग्ला बिल्डिङहरु
१.बुर्ज खालिफा, दुबइ-१६३ तल्ला
२.मक्का रोयल क्लक टावर होटेल,साउदी अरेबिया-१२० तल्ला
३.ताइपेइ-ताइवान-१०१ तल्ला
४. सांघाइ वर्ल्ड फाइनान्स सेन्टर-१०१ तल्ला
५.इन्टरनेशनल कमर्स सेन्टर-हङहङ ११८ तल्ला
Post a Comment