सेक्स गर्दा पुरुषहरु धेरै स्वार्थी हुन्छन्
हाम्रो समाजको सामान्य विश्लेषण गर्ने हो भने पनि महिलाहरूको तुलनामा पुरुषहरू ज्यादा स्वार्थी रहेको देखिन्छ। आफ्नो काम पूरा नभइन्जेल महिलालाई निकै भाउ दिने र पूरा भए पनि ‘वाल’ नदिने पुरुषहरूको साझा वानी हो। कतिसम्म भने सेक्सको मामलामा पनि पुरुषहरू निकै स्वार्थी हुने गरेको पाइएको छ।
हालै एक विश्वविद्यालयले फ्रान्स, बेलायत, स्पेनलगाएतका देशहरूमा गरेको अन्तर्राष्ट्रिय अध्ययनले पुरुषहरूमा अत्यधिक स्वार्थीपना रहेको पत्ता लगाएको हो। पुरुषहरू सेक्सप्राप्तिको लागि हदैसम्म गिर्ने र प्राप्त भइसकेपछि महिलाको भावनामाथि खेलबाड गर्ने गरेको अध्ययनको दाबी छ। कतिसम्म भने अध्ययनले सेक्स गरिरहेको बेलामा पनि पुरुषको स्वार्थीपना प्रष्टिने गरेको बताएको छ।
सो अध्ययनमा सहभागी संग्रेसा लुसाको अनुसार पुरुषहरूको यही स्वार्थीपनाको कारण सम्बन्धमा समस्या आइरहेको छ। उनले सम्बन्धविच्छेदको प्रमुख कारण पनि सेक्सको मामलामा पुरुषले महिलालाई खुसी बनाउन नसकेर हो भनेकी छिन्। लभगभ चार हजार जोडीको बीचमा गरिएको अध्ययनमा सहभागी अधिकाशं महिलाले आफ्नो श्रीमान् तथा यौनसाथीसँग असन्तुष्टि रहेको तीतो अनुभव पोखेका थिए।
Labels:
बिचित्र संसार

Post a Comment