अब हामीलाई पनि हिस्सेदारी चाहियो (भिडियोसहित)

अधिकांश एमाले परित्याग गरेका र अन्य केहीलाई समेटेर जनजाति नेताहरुले अशोक राईको नेतृत्वमा नयाँ पार्टी संघीय समाजवादी पार्टीको घोषणा भएको छ । तर, जनजाति अगुवाहरु राई नेतृत्वको पार्टीमा सहभागी भएनन् । यसै सेरोफोरमा रहेर अनलनइखबरले अशोक राईसँग गरेको कुराकानी । नयाँ पार्टीको अध्यक्ष बन्नु भएको छ, अब तपाईको पहिलो प्राथमिकता के हुन्छ ? भर्खर नयाँ पार्टीको घोषणा गरेकाले मेरो पहिलो प्राथमिकता संगठन निर्माण र विस्तारमा नै हुन्छ । सबै जनजातिहरुलाई समेटेर अघि बढ्छु भन्नुहुन्थ्यो तर, धेरै साथीहरु त छुटेछन् नि ? तपाईहरु भाई एमाले बन्न खोजेकाले समस्या आएको भन्छन् नि ? हामीले पहिचानका मुद्दालाई छाडेका छैनौं । बलियो गरी समाएका छौं । तर, कसैले हामीले माक्र्सवाद छोड्याथ्यो भन्ने ठानेको भए त्यो गलत हो । हामीले जातीय पहिचानका मुद्दा, जातीय अधिकारका मुद्धा, जातीय समानताका मुद्दाहरुलाई आ-आफ्नो पार्टीभित्र पनि उठाएका थियौं र अझै व्यवस्थित ढंगले संघीय समाजवादी पार्टी नेपालको कार्यक्रममा समावेश गरेका छौं । उहाँहरुले माक्र्सवाद नमान्ने भनेको अवस्थामा छुटेका नेताहरुलाई कसरी समेट्नुहुन्छ त ? उहाँहरुलाई हामी समेटेर जान्छौं । छुटेका साथीहरुलाई सामेल गर्न हाम्रो ढोका खुला छ, हाम्रो अंगालो ठूलो छ । हामी उहाँहरुलाई सँगै जान अनुरोध गछौं, वार्ता, छलफल गछौं र अलग समूहमा रहेकाहरुसँग पनि मिलेर काम गछौं । एजेण्डाका हिसाबमा त एमाओवादीसँग नजिक देखिन्छ, कस्तो रहन्छ सम्वन्ध ? सबै दलसँग हाम्रो मैत्रिपूर्ण सम्वन्ध हुन्छ । एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्छौं । राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको छ । तपाईहरु नयाँ शक्ति भन्नुहन्छ । अबको सहमतिमा तपाईहरुको हिस्सेदारी खोज्नुहुन्छ कि हुन्न ? अब हुने वार्ता र सहमतिमा हामी हाम्रो हिस्सेदारी र सहभागिताको माग गछौं । मुलधारका भनिएका दलहरु असफल भइसकेपछि आफूले कोठाभित्र सहमति गरेर त्यो सम्पूर्ण जनताले मान्नुपर्ने भन्ने नैतिक अधिकार उनीहरुले गुमाइसकेका छन् । त्यो भएकाले सम्पूर्ण नयाँ पुराना, साना ठूला सबै दल र जनताको प्रतिनिधित्व गर्ने संघ संस्थाहरुसँग समेत छलफल गरेर सहमति बनाउनु पर्छ । राष्ट्रिय सहमति भनेको अब ३/४ दलको मात्र सहमति हुन सक्दैन । भन्नाले, आफ्नो सहभागिताविनाको सहमति मान्नु हुन्न ? हाम्रो सहभागिता जरुरी छ भनेपछि त्यही बुझ्नुस् । भिडियो हेर्नुस्
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger