एक सय बुद्धिमानको सूचीमा नेपाली शून्य

१३ मंसिर, काठमाडौं । अमेरिकी अन्तराष्ट्रिय पत्रिका फरेन पोलिसीले ‘१०० टप ग्लोवल थिंकर्स’ (चिन्तक) हरुको सूची सार्वजनिक गरेको छ । सन् २०१२ का लागि बनाइएको बौद्धिकहरुको सूचीको पहिलो नम्बरमा बर्माका लोकतन्त्रवादी नेतृ एवं नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सूकीसँगै राष्ट्रपति थिन सेन छन् । ग्लोवल थिंकर्सको सूचीमा नेपालका भने केही पनि परेका छैनन् । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनका श्रीमती एवं अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन तेस्रो नम्बरमा छन् भने विल गेट्स र उनीकी श्रीमती मेलिन्डा पाँचौ नम्बरमा छन् ।
पाकिस्तानी १४ वषिर्या विद्यार्थी मालाला युसुफजई छैटौं नम्बरमा छिन् । उनमाथि केही समयअघि चरपमन्थीले आक्रमण गरेको थियो । उनले महिला शिक्षाको बकालत गर्दै आएका छिन् । विश्वका बौद्धिकहरुको सूचीमा उनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेकी छिन् । ओमाबामा सातौं नम्बर छन् । चिनियाँ विद्रोही कलाकार एई वेईवेई २६ औं नम्बरमा छन् भने पाकिस्तानका पूर्व विदेशमन्त्री हुसेन हक्कानी ६१ औं र अफि्रकी लेखक चिनुआ अचेबे ६८ औं नम्बरमा छन् । यसैगरी भारत विहारका मुख्यमन्त्री नितिसकुमार ७७ औं नम्बरमा छन् । भारतीय मूलका आर्थिक जानकार राज चेट्टी नितिसभन्दा ३ स्थान अघि ७४ औं स्थानमा छन् ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger