काठमाडौं, कात्तिक ३० - बिहीबार तिहारको अन्तिम दिन भाइटीका । देश विदेशमा नेपाली दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाई टीका लगाइएको छ । टिकाको शुभसाईत बिहान ११ बजेर २३ मिनेट भएपनि दिनौभरि टीका लगाउने क्रम चलेको थियो ।
दिदी बहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइँदिदा धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमूनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाइँ नओलाउने मखमली,सयपत्री र दुबोको माला लगाई दिएर चिरायूको कामना गर्ने गर्छन् ।
भाइटीकाकै दिन आयु सकिएका भाइलाई लिन आएका यमराज र उनका दूतलाई दिदीले भाइपूजाको तेल नसुकुन्जेल र मखमलीको माला नओइलाउन्जेल नलैजान वाचा गराएपछि भाइले दीर्घजीवन पाएको पौराणिक किंवदन्तीअनुसार आज दिदिबहिनीले दाजुभाइलाई मखमलीको माला लगाइदिने परम्परा छ ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई सात रङकाटीका लगाई सगुन, मिठाइ, फलफूल, ओखर, कटुस रमसलाका साथै सेलरोटी खान दिने चलन छ । दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गर्छन् ।
दिदीबहिनी नभएका दाजुभाइले तुलसीको डाँठले आफैँ टीका लगाउने पनि चलन छ भने कसैकसैले धर्म दिदीबहिनी बाट पनि टीका लगाउने गर्दछन् । यस्तै नेवार समुदायले किजा पुजाका नामले भाईटीका मनाउँछन् भने मैथिली र भोजपुरी समाजमा भरद्वितीयाका नाममा भाइटीका मनाउने गरिन्छ ।
दाजुभाइ तथा दिदीबहिनी नहुनेले आज काठमाडौंको रानीपोखरीमा रहेको यमलेश्वर महादेवको मन्दिरमा टिका लगाएका छन् । हरेक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिने मन्दिरमा पुगेर दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले टीका लगाए ।
यस्तै काठमाडौंको बसन्तपुरमा सधै जस्तैअञ्जली मास्केले दिदीबहिनी नहुने दाजुभाइहरुलाई सामुहिक भाइटीका लगाइदिनुभएको छ । काष्ठमण्डपमा कार्यक्रम गरि अञ्जली दिदीले सैयौ दाजुभाइलाई टीका लगाइदिनुभएको हो ।
Post a Comment