मासु खानेहरु चोर, बदमास र यौन अपराधी !

यदि तपाई मांसाहारी हुनुहन्छ भने तपाई यौन अपराध गर्नुहुन्छ, तपाई अरुलाई धोका दिनुहुन्छ, झुट बोल्नु हुन्छ, आफ्ना प्रतिवद्धताहरु भुल्नुहुन्छ, बेइमान हुनुहुन्छ, चोरी गर्नुहुन्छ र झगडालु पनि हुनुहुन्छ । यो हामीले भनेका हैनौं, हालै प्रकाशित ‘न्यू हेल्थवे’ नामक पुस्तकमा यस्तै लेखिएको छ । डेविड एण्ड पोद्दारको यो पुस्तक भारतको चाँद एण्ड कम्पनीले प्रकाशन गरेको हो । पुस्तकमा मांसाहारी अर्थात माछामासु खानेहरुका बारेमा लेखिएको सबै कुरा आमरुपमा सही रहेको समाचार संस्था बीबीसीले जनाएको छ । पुस्तकमा भनिएको छ,-शाकाहारी व्यक्ति मांसाहारीभन्दा सर्वश्रेष्ठ हुन्छन् ।’ तर मासु किन स्वादिलो हुन्छ त ? कितावमा भनिएको छ-जब कुनै जनावर मर्छ, पुरीन नामको शरीरको दुर्गन्धित बस्तु (जो जिवित हुँदा पिसावको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ) मासुमा नै बस्छ ।’ अरबी मानिस जसले स्वेज नहर बनाउन मद्दत गरे, उनीहरु गहुँ खान्थे उनीहरु गाई-गोरुको मासु खाने अंग्रेज भन्दा उत्कृष्ट थिए । मासु खान आवश्यक नरहेको भन्दै पुस्तकमा भनिएको छ-’संसारको सृष्टिकर्ताको मूल आहारमा मासु सामेल थिएन । उनीहरुले फल, मेवा र सब्जी खान्थे ।’ १८ देखि २५ वर्ष उमेरमा केटीहरु विवाहका लागि तयार हुन्छन् भन्दै किताबमा देखिएको छ-’बदनाम हुनु अघि नै विवाह गर्नु हरेक युवतीको सपना हुन्छ ।’
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger