बिश्वोका केहि यस्ता तस्बिरहरु जसले तहल्का मच्चायो (फोटो सहित)
बल्र्ड प्रेस फाटो कन्टेस्ट २०१२ मा आएका तस्वीरहरुले हरेकलाई छोएको छ । प्रतियोगितामा हजारौं फोटोग्राफरले १ लाखभन्दा बढी तस्वीरहरु पठाएका थिए । युक्रेनका लागू औषध दुब्यसनीमा फसेकी सेक्स बर्कसदेखि जापानी सुनामीपछि हातमा आफ्नो छोरीको सर्टिफिकेट आमाको तस्वीरले जन्दगीको अनेक रुपलाई देखाएको छ । लण्डनको साउथ बैँक सेन्टरमा लाखौंबाट छानिएर अबार्ड जितेका तस्वीरहरुको प्रर्दशनी भएको छ ।
सबै तस्वीर सन् २०११ मा क्यामरामा कैद भएका हुन् । सर्वश्रेष्ठ फोटो ग्राफरका अवार्ड स्पेनिस स्यामुअल अरान्डाले हात पारे । उनले यमन सरकारविरोधी प्रदर्शनका क्रममा हानिएको असुर ग्यासमा रुमल्लिएका आफ्ना छोरालाई आँगालेकी एक आमाको तस्वीरका लागि पुरस्कार आएका हुन् । आउनुस् हामी पनि हेरौं सन् २०११ का उत्कृष्ट तस्वीरहरु ।
१. युक्रेनका लागू औषध दुब्यसनीमा फसेकी सेक्स बर्कस त्यसबेला मानिसहरुको आकर्षणको केन्द्र बनिन्, जब चुरोट तान्दै गरेको उनको तस्वीर फोटो ग्राफर ब्रेन्ट स्टिन्टर्नले आफ्नो क्यामारामा कैद गरे
२. सानै उमेरका बच्ची बाबुको उमेरका मानिसहरुसँग विवाह गर्ने गलत परम्परालाई देखाउँछ यो तस्वीरले । स्टेफेनले खिचेको यो यमनको तस्वीरले कन्टेम्प्रोरी इस्युमा पहिलो पुरस्कार पाएको छ ।
३. सेनेगलमा आयोजित फेसन शोका क्रममा लुगा सिलाउने ‘दर्जी’ का अगाडी एक मोडलले दिएको पोज । विन्सेन्टको यो तस्वीरले आर्ट एण्ड इन्टरटेन्टमेन्ट क्याटागोरीमा ।
४. सीबड्सको अण्डा खोज्न खतरनाक पहाडमा चढेको पोलर बीयरको तस्वीर फोटो ग्राफर जेन्नी ए रोजले आफ्नो क्यामरामा कैद गरेका हुन् । यो तस्वीरले न्याचुरल सिंगल्स दोस्रो पुरस्कार हात पारेको छक्याटगोरीको पहिलो पुरस्कार पाएको छ ।
५. रुसको एक रेष्टुरेन्टमा गीत गाउँदै गरेकी गायिकाको यो तस्वीरले आर्ट र एन्टरटेन्टमेन्ट क्याटगोरीमा पुरस्कार पाएको छ । तस्वीर रोब होर्नसट्राको खिचेका हुन् ।
६. उत्तर कोरियाको राजधानी प्याङयाङस्थित एक भवनमा राखिएको संस्थापक नेता किम द्धितिय सुङ्गको तस्वीर । डमिर सागोल्जीको यो तस्वीरले डेली लाइफ विधामा पहिलो पुरस्कार हात पारेको छ ।
लिबियाको बिद्रोहीविरुद्ध सेनाले बल प्रयोग गर्दाको तस्वीर ।
८. वर्षाका बीच भएको रग्बी खेलको भिडन्त ।
९.जुलाई २०११ मा चीनको शांघाईमा भएको बल्र्ड एक्युटिक्स याम्पियनसिपको क्रममा ड्राइभ अभ्यासको क्रममा खिचिएको तस्वीर । एडम पि्रटीको तस्वीरले स्पोटर्स स्टोरीमादोस्रो पुरस्कार पाएको छ ।
१०.केन्यामा गैंडाको संख्यामा कमी आएको छ । यसको कारण बढ्दो चोरी शिकार । शिकारीहरुबाट बचाउन अब त्यहाँ गैडालाई सशस्त्र सुरक्षा गाडी राख्न थालिएको छ ।
११.जापानमा आएको सुनामी आँधीपछिको तस्वीर । तस्वीरमा एक आमा आफ्नो छोरीको ग्राजुएसन सर्टिफिकेट देखाएरहेका छिन् ।
१२. यमन सरकारविरोधी प्रदर्शनका क्रममा हानिएको असुर ग्यासमा रुमल्लिएका आफ्ना छोरालाई आँगालेकी एक आमाको तस्वीर ।
Labels:
बिचित्र संसार












Post a Comment