पुतलीले गर्नेछन अब ग्राहकको निगरानी

कपडाको सानो पसल होस वा ठूलो स्टोर, कपडा सजाएर राख्न प्लास्टिकको पुतली राखिएको हुन्छ । तर, अब थुप्रै फेसन कम्पनीहरुले यही पुतली अर्थात डमीबाट ग्राहकहरुको निगरानी गर्ने भएका छन् ।यी डमीहरु अब नयाँ स्वरुपमा आउँदैछन्, जसको आँखामा क्यामरा लगाइएको हुन्छ जसको उदेश्य हो- ग्राहकको रोजाई केमा हुन्छ, केमा हुँदैन भनेर बुझ्नु । यस्तो जानकारी लिएपछि नामी फेशन ब्राण्डहरु बजारमा आफ्नो प्रभाव जमाउन रणनीति बनाउने छन् । तर, यसले ग्राहकहरुको गोपनियता भंग हुने त हैन भन्ने प्रश्न समेत उठाएको छ । बीबीसीका अनुसार मिलान विश्वविद्यालयसँग जोडिएको पुतली बनाउने कम्पनीले क्यामेरा जडित डमीहरु तयार पारेको छ । यसको टाउकोमा भिडियो क्यामरा लगाइएको हुन्छ र त्यही तस्वीर बजार बिश्लेषणका लागि प्रयोग गरिनेछ । यो क्यामेराले ग्राहकको उमेर, उनको जातीयता र व्यक्तिगत रुपमा मन पर्ने/नपर्ने जानकारी संकलन गर्नेछ । यस्तो डमीको मूल्य करिव ५ हजार १ सय ५० डलर पर्ने बताइएको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger