फेसबुकबाट पतिपत्नी साटासाट !

इजिप्टको प्रहरीले एक दम्पत्तिलाई फेसबुकमा आफ्नो घरमा पतिपत्नी साटासाट गर्ने कार्यक्रममा भाग लिन विज्ञापन गरेको आरोपमा पक्राउ गरेको एक सुरक्षा अधिकारीले बताएका छन् ।
एक ३० वर्षीय लेखापाल तथा सोही उमेरकी उनकी पत्नीलाई उनीहरूले फेसबुकमा राखेको विज्ञापनको शीर्षक ‘‘पत्नी साटासाट’’ रहेकाले पक्राउ गरिएको बताइएको छ । सन् २००९ को अप्रिल महिनामा काइरो अदालतले पतिपत्नी साटासाट गर्ने क्लब स्थापना गरेको भनी एक पुरुषलाई सात वर्ष तथा उनकी पत्नीलाई तीन वर्षको काराबासको सँजाय तोकेका थियो । -रासस/एएफपी
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger