सौराहाको राप्ती किनारमा प्रियंकासंग आर्यनले बिताए २ रात

कार्तिकको मसान्त साताको समय, नेपालको राप्ती दून अन्र्तगत पर्ने पर्यटकीय स्थल सौराहाको राप्ती नदिको किनारमा हल्का रुपमा फुसफुसाउँदो कुहिरो बाफिदै यत्रतत्र छरिदै गरेको प्रहरमा बर्षको राम्रै लगानीको चलचित्रको एक गितको छायांकन कार्य सुरु हुँदै थियो त्यहाँ । मह जोडी द्धारा निर्मित टिकेको तीन मन्त्र, क्याटम्यान्डु, घर भेटी बा तथा युनिसेफ द्धारा निर्मित थुप्रै चेतनामूलक सिरीयल तथा टेलिफिल्ममा आफ्नो कुशल अभिनय देखाएर हालको समयमा ठूलो पर्दाको चलचित्रमा निर्देशक बनी प्रस्तुत भएका नवराज आचार्य लगायत चलचित्र कलिवउडको नृत्य टोलीको समूह सौराहाको किनारमा रात्री प्रहरमा जम्दै थिए ।
एउटा कहावत बन्ने गरेको छ नेपालको सन्दर्भमा । दार्जिलिङे तथा सिक्किमेली साहित्यकारहरुलाई कि त कालले लान्छ रे कि त नेपालले तान्छ रे । तर नेपालमा कला क्षेत्र अन्र्तगत गायन, नृत्य, अभिनयमा लागेका कलाकारहरुलाई भने अमेरिका यूरोपको मोहले तान्ने क्रममा यि नव निर्देशक नवराज आचार्य पनि अब नेपाली भने रहेका छैनन् र यहि कलिवुड चलचित्रको अभिनयको लागि भनेर मात्र उनी विगत २ महिना देखि नेपालमा यसै चलचित्रको लागि व्यस्त छन् । चलचित्रको अधिकांश संवाद तथा गीतहरु काठमाण्डौको सेरोफेरो अन्तर्गत नगरकोट र राजधानी बाहिर पोखरामा गरिए पनि चलचित्रको एक गीतको लागि भने हाल काठमाडौँबाट बाहिरिएर कलिउड युनिट सौराहा पुगेको हो । उक्त चलचित्रमा रहेको मेरो नाम काली काली भन्ने बोलको गीतको छायांकनमा भित्री मधेश अन्तर्गत पर्ने चितवनको सौराहाको सेरोफेरोमा रहने थारु जातिको भेषभूषा, संस्कृति र थारु नृत्यको केहि झलकहरुको सम्मीश्रण गर्नु पर्ने भएकोले पनि कलिउडको युनिट सौराहा तिर हानिएको हो ।चितवनको सौराहामा २ रात लगाएर रातिको समयमा मात्र गरिएको छायांकनमा नायक आर्यन सिग्देल, नायिका प्रियंका कार्की लगायतका अन्य पात्रहरुपनि सो गीतमा संलग्न रहेका छन् । रातिको समय पारेर गरिएको छायांकनमा प्रविधी संयोजन र नृत्य संयोजन दमदार रहेको बताउने नायिका प्रियंका कार्कीले आफु यस चलचित्रबाट ठूलो आशा राखेको दावा गर्छिन् । नेपाली चलचित्र बजार खस्कदो अवस्थामा दर्शकहरुको मनोबिज्ञानलाई नजर अन्दाज गरी उनीहरुको चित्ताकर्षणको लागि नवीन प्रयोग गरेका छन् रे कथा र अभिनय गर्ने पात्रहरुलाई निर्देशक आचार्यले । यसरी आर्यन र प्रियंका कार्की लगायत कलिउडका सम्पुर्ण युनिटले सौराहाको विभिन्न स्थानमा छायांकनको क्रममा २ रात गुजारेका थिए । नेपाली चलचित्र बजार खस्कदै गएको जोखिमकालिन अवस्थामा ८० लाख खर्च गरेर बनाईएको चलचित्रबाट दर्शकहरुले खोजेको भरपुर मनोरञ्जन पाउन सक्ने दावी निर्देशक आचार्यको रहेको छ । अष्ट महर्जनको द्धन्द रहेको सो चलचित्रमा टंक बहादुर कार्की र आरती सेन ठकुरीले निर्माण पक्ष सम्हालेका छन् । यस चलचित्रमा कतारका व्यवशायी नरेन्द्र सेन ठकुरी र बिष्णु कार्की लगायतको पनि भूमिका रहेको छ । यहि डिसेम्बरमा काठमाण्डौँमा रिलिज गर्ने जमर्कोमा रहेको सो चलचित्रले राम्रो बजार पाउन सफल रहने कुरामा नायक नरेन्द्र सेन ठकुरीले बताएका छन् ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger