दशैँ अर्थात् नवरात्रको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन आउने खबरले भारतको राजस्थानस्थित पाल्सना गाउँमा हंगामा मच्चिएको छ ।

पोर्नस्टारलाई गाउँमा बोलाइएको भन्दै कतिपय संघसस्था तथा व्यक्तिहरुले त्यसले सामाजिक मर्यादामा आँच आउने भन्दै विरोध गर्न थालेका छन् भने आयोजकले सन्नीलाई बोलाउने कदमको बचाउ गर्दै सन्नीको आगमनको कुराले गाउँले खुसी भएको दाबी गरेका छन् ।नवरात्रको बेला वर्षोनी आयोजना हुने गरेको गार्बा शो मा अघिल्ला वर्षमा पनि एकजना चर्चित सेल्रि्रेटीलाई बोलाउने गरिएकोमा यो पटक सन्नीलाई निम्तो दिइएको हो । गार्बा उत्सवमा भाग लिन आफु अक्टोबर २० मा गाउँमा आउने कुरा सन्नीले आयोजकलाई जानकारी गराएकी छिन् । गार्बा जस्तो पवित्र उत्सवमा पोर्नस्टारलाई बोलाउन नहुने कतिपय गाउँलेहरुको अभिमतका बाबजुत सन्नीको स्वागतका लागि आयोजकले तयारी सुरु गरिसकेका छन् । यद्यपि आयोजक समितिकै कतिपय सदस्यहरु समेत सन्नीको आगमनप्रति असन्तुष्ट रहेको बताइन्छ । सन्नी निकट श्रोतहरुका अनुसार पछिल्लो समयमा सन्नी आफ्नो पोर्नस्टार छविलाई मेटाएर सभ्य तथा पारिवारिक महिलाको रुपमा स्थापित हुने कोसिस गरिरहेकी छिन् । पाल्सना गाउँको गार्बा उत्सवमा यो वर्ष सन्नीसँगै गीता वर्षा र जरीन खानको पनि उपस्थिति रहनेछ ।
Post a Comment