कारागार भित्रै सुरुङ खनेर १२ जना कैदीहरु फरार

इनरुवा, कार्तिक २४ – सुनसरीको झुम्कास्थित पुर्वाञ्चल क्षेत्रीय कारागारबाट बिहीबार राति १२ जना कैदी फरार भएका छन् । कारागार भित्रै सुरुङ खनेर उनीहरु फरार भएको सुनसरीका प्रहरी नायव उपरीक्षक लक्षमण गिरीले जानकारी दिए । फरार हुनेहरुमा बंगलादेशी अपराधी अली असरफ अन्सारी, भारतीय कुख्यात अपराधी मुखिया भनिने धिरेन्द्र यादब सहित भारतीय अपराधीहरु बमबम भनिने दिनेश यादब, रमेश यादब, बिनायक यादब, सुभाष यादब, सुभाष झा, सरफराज आलम, रमेश सदाय, फारुक मिया, ममताज मिया र जाकिर मिया रहेको प्रहरी नायव उपरिक्षक गिरीले बताए ।
फरार मध्ये धिरेन्द्रमाथि कृषी बिकास बैंक राजबिराजका प्रबन्धकको हत्या , राजबिराजकै डाक्टर मुरलीप्रसाद सिंहको अपरहण लगायतका दर्जनौ हत्या र अपहरणको तथा नक्कली नागरिकता समबन्धी मुद्दा लागेको थियो । भारतको बिहारमा कोसी क्षेत्रको आतंकको उपनाम पाएका धिरेन्द्रले बिहारमा पनि कयौ्र उधोगपतिको हत्या गरेका थिए । उनलाइ प्रहरीले पाँचवर्ष अघि नाटकिय ढंगवाट सुनसरीको इटहरीवाट पक्राउ गरेको थियो । धिरेन्द्रले सुनसरीको पश्चिम कुसहा र सप्तरीको बभनगामा कटीवाट नेपाली नागरिकता लिएका थिए । यस्तै बंगलादेशी नागरिक अली असरफमाथी पनि नक्कली नागरिकता लगायतका मुद्धा थियो । भने भागेका अन्य भारतीय अपराधीमाथी हत्याकै अभियोग थियो । आज बिहान कैदी चेकजाचका बेला १२ जना कैदी नदेखिएपछि मात्र प्रहरी र कारागार प्रशासनले कैदी भागेको थाहा पाएका थिए । क्षेत्रीय कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दे आएको थियो । त्यहाँ प्रहरी निरिक्षक इश्वर बस्नेतको नेतृत्वमा ४५ जना प्रहरी थिए । स्रोतका अनुसार केही प्रहरी र कारागार प्रशासनका केही कर्मचारीको मिलेमतोमा कैदीहरु सुरुङ खनेर भाग्न सफल भएका हुन् । कैदी फरार भएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्षमणकुमार थापा सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु कारागार पुगेका छन् । प्रमुख जिल्ला अधिकारी थापाले कैदी भागेको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले फरार कैदीहरुको खोजी भइरहेको बताएपनि कारागार भएको ठाउँवाट भारतीय सिमा ३० किलोमिटर मात्र दक्षिण रहेकाले उनिहरु राति नै भारतीय क्षेत्रमा पसेको हुन सक्ने अनुमान गरिएको छ । भारतीय प्रहरीसित समन्वय गरी खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ । स्रोत : कांतिपुर
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger