
एउटा अमेरिकी टीन एजर केटोले घोडासँग गरेको यौन सम्पर्कको दृश्य सीसीटीभीमा देखिएपछि ती युवकलाई कारवाहीका लागि प्रहरीले पक्राउ गरेको कोर्भालिस गजेट टाइम्सले जनाएको छ । घोडा तबेलाको मालिकले घोडाहरुमाथि हुने विभिन्न प्रकारका हिंसाको अनुगमन गर्न त्यहाँ क्यामेरा जडान गरेका थिए । खिचिएका ती कुरालाई राम्रोसँग अनुगमन गरिँदै आएको थियो । तर एक रात अनुगमनकर्ताले आफ्नै आँखाले पत्याउनै नसक्ने दृश्य देखेपछि चकित परेका थिए । गएको महिनामा जब तबेला मालिकले पुराना भिडियोहरु जाँच्दै थिए, तिनले देखे कि एउटा टीन एजर केटाले घोडीलाई यौन दुर्व्यवहार गरिरहेको छ ! त्यसपछि त कार्यकारी अधिकृत क्ले स्टेफन्स चकित परे । त्यो भिडियोमा ती केटा यस्ता काममा निकै पोख्त समेत भएको अनुभव उनले गरे । "त्यो भिडियो फुटेज हेर्दा कस्तो लाग्यो भने ती केटालाई कोही आउला र देख्ला भन्ने कुनै पीर थिएन । कुनै पनि हतार नगरी उनले आफ्नो काम गरिरहेका थिए । निकै चाख पूर्वक र सोची विचारी काम गरिरहेको पाएँ", उनले भने । यो चर्तिकला देखेपछि क्लेले एउटा विद्युतीय घण्टी जडान गरे । जब कोही राती घोडा वा घोडीलाई सुम्सुम्याउन जान्छ, सुटुक्क त्यो घण्टी उनको घरमा बज्छ । गएको जुन ७ गते उनको घरमा त्यो घण्टी बज्यो । घडी हेर्छन् त बिहानको २:३० बजेको छ । त्यसपछि उनी हतार हतार भिडियो मनिटर अघिल्तिर बसे । मनिटरमा त्यही केटो त्यही घोडीलाई सुम्सुम्याउँदै थियो । त्यसपछि प्रहरी अधिकृतलाई बोलाएर ती युवालाई जिम्मा लगाइयो । ती युवालाई अर्काको घरमा जबरजस्ती घुसेको आरोप लगाइएको छ । त्यति मात्र होइन उनले जनावरमाथि यौन दुराचार गरेको आरोपमा पनि मुद्दा खेप्नु परेको छ घोडासँग यौन संर्सग ! भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला
Post a Comment