चढ्ने हो ३४ मिटर लामो चकलेट ट्रेन ? (फोटो फिचरसहित)

माल्टाका चर्चिक चकलेटियर एन्ड्रु फरुगियाले हालै मात्र विश्वका सबैभन्दा लामो चकलेट स्ट्रकचर बनाएका छन् । उनले चकलेटको ३४ मिटर लामो ट्रेन बनाएका हुन् । उनको यो कलाले गिनीज बुक अफ बल्र्ड रेकर्डमा स्थान समेत पाएको छ । उनले स्टीव पोवर्ड ट्रेन जस्तै हुवहु चेकलेट ट्रेन बनाएका हुन् । यसलाई बेल्जियमको राजधानी ब्रसेल्समा भएको ब्रसेल्स चकलेट वीकमा प्रदर्शन गरिएको छ ।
फरुगियालाई कीर्तिमानी चकलेट ट्रेन बनाउन ७ सय ८४ घण्टा लागेको थियो । ट्रेन बनाउन १२ सय ५० किलो चकलेट प्रयोग भएको छ । यो एक चकलेट कम्पनीले दान दिएको हो । यदि क्यालोरीको हिसाव गर्ने हो भने ट्रनमा ६५ लाख क्यालोरी छ । ट्रेनलाई दुई भागमा बाँडिएको छ । पहिलो भागमा नयाँ बेल्जियन ट्रेन जस्तो बनाइएको छ भने दोस्रो भाग पुरानो मोडल छ । ट्रेनमा बोर्ड र रेस्टुरेन्ट पनि रहेको छ । फरुगियाले चकलेट ट्रेन आफ्नै देश माल्टामा बनाएका हुन् । यसलाई काठको २४ बटा बाकसमा राखेर बेल्जियम पुर्‍याइएको थियो ।–एजेन्सीको सहयोगमा
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger