यूरोपमा राजेश र इन्दिरा धुम मच्चाउदै

नेपाली सांगीतिक क्षेत्रका २ चर्चित हस्ति राजेश पायल राई र गायिका ईन्दिरा जोशी नमस्ते यूरोप सांगीतिक यात्रामा सहभागी हुन यूरोप पुगेका छन् ।बेलायतमा भाई तिहार मनाउदै लन्डनबाट सिधै स्विजरल्यान्ड पुगेका राईले पहिलो पटक यूरोपमा आफ्नो सांगीतिक प्रस्तुती पस्कन लागेका हुन् । नमस्ते इन्रटेन्मेन्ट प्रालीको प्रायोजनमा गायक राई र गायिका जोशी यूरोप भ्रमणमा निस्किएका हुन् । यि दुइले हामबर्ग जर्मनीमा ६ डिसेम्बर र बेल्जियमको लुभेनमा ८ डिसेम्बरमा कार्यक्रम गर्ने तय भएको छ ।
यस्तै यूरोप भ्रमणमा रहेका राईको एकल साँझको तयारी युरोपका विभिन्न देशमा गरिएको छ । आधुनिक गायन तथा चलचित्रको पाश्र्व गायनमा चर्चित रहेका गायक राईले विश्वका थुप्रै देशमा आफ्नो सांगीतिक प्रस्तुती पस्किसकेका छन् ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger