हुँदै नभएको द्वीप कसरी आयो नक्सामा ?

गूगल अर्थ र विश्वका नक्सामा दक्षिण प्रशान्त महासागरमा स्याण्डी द्वीप देखिन्छ । तर, अब यो अस्तित्वमा नै नरहेको अष्ट्रेलियाका बैज्ञानिकहरुले दावी गरेका छन् । सिड्नी विश्व विद्यालयका बैज्ञानिकहरुका अनुसार भू-अभियानका क्रममा स्याण्डी नामको कुनै द्वीप भेटिएन र त्यहाँ मात्र निलो महासागर छ । ‘गूगल अर्थ’ मा यस महाद्वीपलाई कोरल महासागरमा अष्ट्रेलिया र प|mान्सको न्यू केलिडोनियाको बीचमा देखाइएको छ ।
आमरुपमा बैज्ञानिहरु अस्तित्वमा नरहेका भूभागको खोजी गर्छन् तर, अष्ट्रेलियाका बैज्ञानिकहरुले भने ठिक उल्टो अभियान थालेका हुन् । अभियानमा जुटेका डाक्टर मारिआ सेटोनले भनेका छन्-’सबै बैज्ञानिकहरु त्यहाँ जमिनको अपेक्षा गरिरहेका थिए । न कि १४ सय मिटर गहिरो महासागर ।’ अष्ट्रेलियाको हाइड्रोग्राफिक सर्भिसका अनुसार स्याण्डी द्वीप छ भन्ने मानवीय भूल हुनसक्छ र वर्षौदेखि यसलाई दोहोर्‍याइयो । १२ वर्ष लगाएर अष्ट्रेलियाली बैज्ञानिकहरुले एक प्रश्न भने खडा गरेका छन्-आखिर जब कुनै द्वीप अस्तित्वमा थिएन भने त्यो कसरी हरेक नक्शामा उतारियो ?
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger