चुनाव जित्न नांगो पोस्टर
एजेन्सी
रियो दि जेनेरियो, ११ जेठ
चुनाव जित्न उम्मेदवारहरूले विभिन्न र्याली गर्छन्, मतदातालाई भेट्न घरघर जान्छन् । तर, मेक्सिकोमा हुन लागेको संसदीय चुनावकी उम्मेदवार नाटालिया जुरेजले भने आफू र आफ्ना साथीहरूको नांगो तस्बिरको होडिङ बोर्ड विभिन्न स्थानमा राखेकी छिन् ।
नाटालिया जुरेज र उनका साथीहरूको नांगो तस्बिरको बिलवोर्ड मेक्सिकोको दोस्रो ठूलो सहर गौदालाजारामा राखिएको छ ।
गौदालाजारा अत्यन्त परम्परावादी सहर मानिन्छ । आफ्नो चुनावप्रचार अभियान अरूको भन्दा चुनौतीपूर्ण, फरक तथा भेदभावरहित भएको उनी बताउँछिन् । गौदालाजारा विश्वविद्यालयकी फिलोसफीकी प्रोफेसर जुरेज डेमोक्रेटिक रिभोलुसन पार्टीका तर्फबाट सदस्य पदमा उठ्दै छिन् ।
तस्बिरमा एउटा हातले उनले स्तन छोपिरहेकी छिन् भने अर्काे हात उठाउँदै मुठी कसेकी छिन् । पार्टीका अन्य ६ महिलाले उनलाई साथ दिएका छन् । तस्बिरमुनि नारा लेखिएको छ—'भेदभावरहित नयाँ देश निर्माण गर्ने कार्यमा आउनुहोस् ।' यस्तो विवादास्पद तस्बिरले मतदातामाँझ प्रभाव पार्ने र यो चुनावप्रचार त्यसै खेर नजाने उनी बताउँछिन् ।
यो 'फरक र रमाइलो चुनाव प्रचारप्रसारको शैली हो । यसका साथै तस्बिरले आफूलाई भित्री रूपमा जनतामाँझ प्रस्तुत गरेको छ, मतदातालाई पनि यसमा साथ लिन आमन्त्रण गरेको छ,' उनी भन्छिन् । यसैगरी, मतदातामाँझ बाँडिने पर्चामा पनि यही तस्बिर राखिने उम्मेदवार जुरेजले जानकारी दिएकी छिन् ।
यो सेक्सी चुनावप्रचार शैलीको परम्परावादी राजनीतिज्ञले विरोध गरेका छन् । यो चुनावप्रचारमा कुनै गुदी नभएको आरोप पनि उनीहरूले लगाएका छन् । तर, जुरेज कत्ति पनि आत्तिएकी छैनन् । उनी अझ चार महिलाका नांगा खुट्टा भएका तस्बिरसहितको बिलवोर्ड अर्काे स्थानमा राख्ने अन्तिम तयारीमा जुटेकी छिन् ।
कट्टरपन्थीले जति आलोचना गरे पनि फरक नपर्ने उनी बताउँछिन् । 'आखिरमा मलाई कट्टरपन्थीले जति गरे पनि भोट दिनेछैनन्,' जुरेज भन्छिन्, 'टाउकादेखि पैताला ढाकेर बाइबल बाँड्दै हिँड्दा पनि कसैले वास्ता गर्दैनन् ।' मेक्सिकोमा संसदीय तथा राष्ट्रपतीय चुनाव एक
जुलाईमा हँुदै छ ।
Labels:
बिचित्र संसार

Post a Comment