बस दुर्घटनामा एक बालकको मृत्यु, ७ घाइते
१७ कात्तिक, दाङ । रोल्पामा भएको बस दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको घर्तीगाँउ जाँदै गरेको लु १ ख २१२४ नम्बरको बस शुक्रवार दिउँसो गैरीगाँउ गाविसको गरगरे भन्ने ठाउँमा दुर्घटना हुँदा नुवागाँउ-६, हृयाङ्गका बेल बहादुर घर्तीका तीन वर्षीय छोरा मुस्कान घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ ।
दुर्घटनमा घाइते भएका सातै जनाको उप स्वास्थ्य चौकी गैरिगाउँ तिलामा उपचार भईरहेको छ । बस ब्रेक फेल भएर अनियन्त्रित भई पल्टिएको बताईएको छ । बसका चालक तथा सह चालक भने फरार भएका छन् ।
Labels:
National News

Post a Comment