उदयपुर सदरमुकाम गाईघाटबाट एक यौनजोडी पक्राउ परेका छन् । गाईघाटस्थित सेवाङ्मी होटल एण्ड लजबाट मंगलबार दिउँसो खोटाङको बतासेका १९ बर्षिय युवा (नाम गोप्य) र उदयपुर लाफागाउँकी २० बर्षिया युवती (नाम गोप्य) पक्राउ परेका हुन् ।
बिशेष सुराकीका आधारमा उनीहरुलाई रंगे हात पक्राउ गरिएको त्रियुगा नगर प्रहरी इन्चार्ज नातीबाबु बस्नेतले बताउनुभयो । उनीहरुलाई लजको कोठामा आपत्तीजनक अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जोडीलाई आवश्यक कारवाहीको लागि हिरासतमा राखिएको प्रहरीको भनाई छ ।
Post a Comment