हरेक बर्षको दशैं तथा तिहार मनाउन अमेरिका पुग्ने नायक राजेश हमाल यो बर्ष पनि एक महिने भ्रमण सकेर नेपाल फर्किएका छन् । तर, अमेरिका पुगेका हमालले नेपाल र नेपालमा रहेका आफ्ना नजिकका कोही पनि व्यक्तिलाई सम्झना नगरेको बताएका छन्
अमेरिका पुगेपछि नेपालको माया किन लागेन होला त, हमाललाई ? उनले भने, यो बर्ष म प्राय नेपालीहरुसँग नै धेरै रहंे, यसैले पनि नेपालको याद आएन । विभिन्न पृष्ठभूमिमा रहेका नेपालीहरु अमेरिकामा छरिएर रहेको हमालको भनाइ छ । नेपालीहरुको विविध जीवनशैली र उहाहरुको रहनसहन बुझ्दा बुझ्दै आफूले नेपाललाई नसम्झन नभ्याएको उनको भनाइ छ । अमेरिकाका विकट ठाउँमा पुग्दा पनि आफुले नेपालीलाई भेटेको राजेश बताउँछन् । यी सबै कुरालाई अनुभव गर्दा नेपाल नसम्झेको उनको भनाइ छ ।
आफ्नी प्रेमीकालाई पनि बिर्सनु भयो कि ? यो प्रश्नमा भने हमाल हाँसे मात्र, केही बोेलेनन् । अमेरिका पुगेपछि आफुले लामो दाह्री पालेर कुनै बिकट ठाउँमा एक्लै खाना बनाएर खाने गरेको उनको भनाइ छ । उनले भने, सधंै नै यस्तै गरांै भ
न्ने त होइन, तर यस्ता कुराहरुको अनुभव पनि आफुलाई लिन मन लागेको उनले बताए ।
Post a Comment