ब्याइफ्रेण्डलाई छाडिदिएँ — सोनिया शर्मा
० के छ त एटीएममा दृश्यहरू?
– मेरो किससिन र बेडसिन छ यो चलचित्रमा।
० त्यस्तो सिन दिन अप्ठ्यारो लागेन?
– किन लाग्नु?
० गाली पनि खुव खाइयो होइन र?
– मैले यो चलचित्रमा साँच्चिकै होइन अभिनय मात्र गरेकी हुँ। सबैले यसलाई अभिनयको रूपमा हेरिदिनुपर्यो।
० अनि यो चलचित्र हलमा लाग्छ त?
– अबचाहिँ लाग्ने भो। सेन्सरले हटएका दृश्यहरू हटाएर केही नयाँ सुटिङ गरेर हामीले अब चलचित्र तयार पारेका छौँ।
० यति राम्री छ्यौ। आँखा लगाउनेहरू कत्तिको छन् नि?
– एउटा थियो तर बे्रकअप भयो।
० किन नि?
– म चलचित्र क्षेत्रमा लाग्नु भनेर आएकी हुँ। तर, उसले आफ्नो इशारामा चलाउन खोज्यो। चलचित्र क्षेत्र छाड्नुभन्दा उसलाई नै छाडिदिएँ।
० पछुतो छैन?
– छैन। म मेरो क्षेत्रबाट सन्तुष्ट छु। सिनेमा क्षेत्रमा सफल भएर त्यसलाई देखाउनु छ।
० सिनेमाबाहेक अरू?
– करिब एक दर्जन म्युजिक भिडियो र थुपै्र टेलिभिजन विज्ञापनहरू खेलेकी छु।
० अब पे्रमी नखोज्ने?
– अब पे्रमतिर नलाग्ने। अब कामतिर नै ध्यान दिने।
Vedio
Labels:
Kollywood

Post a Comment