नर्वेली विद्यार्थीद्वारा नेपाली दलित बालबालिकाका लागि ४५ करोड सहयोग संकलन

ट्रोम्सो (नर्वे), कार्तिक १६ - गरिबीका कारण शिक्षाको अवसरबाट बन्चित नेपाली दलित बालबालिकाको लागि शिक्षाको अवसरमा सुधार ल्याउन बिहीबार नर्वेका झन्डै एक लाख २० हजार स्कुले बालबालिकाले करिब ४५ करोड रुपैयाँ (३२ मिलियन क्रोनर) संकलन गरेका छन् । नेपाली दलित बालबालिका सहयोग अभियान अन्तर्गत नर्वेका ६ सय ४० वटा बिभिन्न निम्न माध्यमिक देखि उच्च माध्यमिक तह सम्मका एक लाख तीस हज्जार जना बिद्यार्थी हरुले एक दिन स्कुल छुटाएर बिभिन्न कार्यक्रम गरि सो रकम संकलन गरेका हुन् । विश्वकै धनि मध्ये मानिएका नर्वेका बिध्यार्थिहरुले विश्वका अन्य गरिब तथा विकासोन्मुख राष्ट्रहरुका लागि बिगत ५० बर्ष अघिदेखि बर्षेनी ऐक्यबद्धताअभियान (अपरेशन डाग्सवोर्क) अन्तर्गत ठुलो रकम संकलन गर्दै आएका छन् । सो अभियान अन्तर्गत देशव्यापी रुपमा स्कुले बालबालिकाले बिभिन्न निजी तथा व्यापारिक प्रतिष्ठान, कार्यालयमा गइ सर-सफाईलयागतको काम गर्नुका साथै सांगीतिक कार्यक्रम, विभिन्न कला प्रदर्शनी तथा खाद्य पदार्थ बेचबिखन गरि उक्त रकम संकलन गरेका हुन् । यसरी संकलन गरिएको रकम नेपालस्थित नर्वेली फाउन्डेशन (स्त्रोमेस्तिफ्तेल्शन) को सहकार्यमा स्थानीय गैर-सरकारी संस्थाहरु एबीसी नेपाल र आरआरएनमार्फत बिभिन्न परियोजनामा खर्च गरिने छ । सो अभियानकी मुख्य सल्लाहकार मार्टिना क्यार्नर रोबेर्ट्स कि अनुसार, नेपालको भिन्न एक हजार वटा दलित सम्बाद केन्द्र अन्तर्गत २५ हजार दलित बालबालिकाका लागि बिभिन्न कार्यक्रम संचालन गरिने छन् । बिशेष गरि दलित बालिकाहरुका लागि लक्षित गरेर लेखपढ तालिम, प्राथमिक तहबाटै दलितका लागि आधारभूत सीपमुलक शिक्षा, बाल मैत्री बिद्यालय, प्रारम्भिक बालबिकास कार्यक्रम, स्वास्थ्य, मौलिक बालअधिकार, लैंगिक समानता तथा रोजगार र आय आर्जनमूलक तालिमकालागि सो रकम खर्च गरिने छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger