मेस्सीले पेलेको रेकर्ड तोडे
२७ कात्तिक, काठमाण्डौ । लिओनल मेस्सी पेलेभन्दा उत्कृष्ट सावित भएका छन् । स्पेनिस जाइन्ट बार्सिलोनाका अजेन्टिनी स्ट्राइकर मेस्सीले एक क्यालेण्डर बर्षमा ब्राजिलियन हिरो पेलेले बनाएको उत्कृष्ट गोल रेकर्ड तोडेर आफूलाई अब्बल साबित गरेका हुन् ।
स्पेनिस ला लिगामा बार्सिलोनाले माल्रोकामाथि ४-२ को जित हात पार्दै मेस्सीले २ गोल गरे । यससँगै सन् २०१२ मा उनले बार्सिलोना र अर्जेन्टिनाका लागि गरेको व्यक्तगत गोल संख्या ७६ पुगेको छ । सन् १९५८ मा पेलेले ब्राजिलियन क्लब सान्तोस र ब्रालिजका लागि ७५ गोल गरेका थिए ।
बार्सिलोनाका प्रशिक्षक टिटोले भनेका छन्-’लिओनलको रेडर्क शानदार छ । धेरै खेलाडीलाई यति गोल गर्न ७/८ सिजन खेल्नुपर्छ । तर, उनले एक वर्षमा गरेका छन् र उनका धेरै गोल उत्कृष्ट छ ।’ मेस्सी अब जर्मनका गर्ड मुलरको अहिलेसम्मको सर्वाधिक गोलको कीर्तिमानबाट मात्र ९ गोलले पछि छन् ।
उनले सन् १९७२ मा बार्यन म्युनिख र बेष्ट जर्मनीका लागि ६० खेलबाट ८५ गोल गरेका थिए । सन् २०१२ को डेढ महिना अझै बाँकी छ र बार्सिलोनाले ला लिगासँगै च्याम्पियन्स लिग खेलिरहेको छ ।
Labels:
Sports

Post a Comment