Share Your Laptop Internet Over WiFi Easily Without Installation
तपाईंको ल्यापटपमा connect भएको ईन्टरनेट बिना कुनै software Installation गरी ल्यापटपबाट ल्यापटपकै WiFi प्रयोग गरी share कसरी गर्न सकिन्छ त ???
मानी लिनुहोस् तपाईंले आफ्नो ल्यापटपमा LAN connection जोडेर ईन्टरनेट चलाईरहनु भएको छ र तपाईं यही connection बाट WiFi प्रयोग गरी अरु ल्यापटप, Tablet अथवा मोबाईलमा पनि नेट चलाऊन चाहनु हुन्छ भने भने तपाईं के गर्नु हुन्छ ? धेरैको सोचाइ यही हुन्छ कि यो काम गर्न त wifi मोडेम नभई सम्भब छैन तर यसो हैन .. तपाईंले आफ्नो ल्यापटपकै wifi प्रयोग गरी LAN connection लाई पनि WiFi connection बनाउन सक्नु हुन्छ । एउटा तरिका त तपाईंले आफ्नो ईन्टरनेट connection ल्यापटपको ad-hoc function प्रयोग गरी WiFi सिग्नलमा परिणत गरी अरु डिभाइसहरुमा share गर्ने । यसको लागि तपाईंले आफ्नो ल्यापटपको connection option मा अरु केही setting हरु मिलाउनु पर्ने हुन्छ ।
तर यो भन्दा कुनै अरु सजिलो तरिका छ त ? अबस्य पनि छ ...
ल्यापटपको कुनै पनि setting आँफैले नचलाई एउटा simple software को प्रयोग गरी तपाईंले यो काम सजिलै गर्न सक्नु हुन्छ । फ्री मा उपलब्ध mHotSpot v5.0 नामक software को माध्यम बाट तपाईंले यो काम सजिलै गर्न सक्नु हुनेछ तर यो software Windows7 ओपेरटिङ सिस्टममा मात्र काम गर्छ । त्यसैले तपाईंको OS Windows7 नै हो भने लौ बन्यो तपाईंको काम ... आफ्नो ल्यापटपमा कुनै पनि ईन्टरनेट connection जोड्नुहोस् र त्यस्लाई Wifi सिग्नलमा परिवर्तन गरी मोबाईलहरुमा , Tablet हरुमा अथवा अरु ल्यापटपहरुमा सजिलै ईन्टरनेट चलाऊन तयार हुनुहोस् ......................
Labels:
Latest Updates

Post a Comment