विवाह गर्न नमान्दा बलात्कार

(पुरा भिडियो हेर्नुहोस्)
मुगु – महिला हिंसाबिरुद्ध देशभर १६ दिने अभियान चलिरहेको अवस्थामा मुगुको गाउँमा भने विवाह गर्न नमानेको निहुँमा एक किशोरी बलात्कारीको निर्मम सिकार बन्न पुगेकी छिन् । रोवा गाविस–६ निवासी १७ वर्षीया किशोरीलाई रुगा गाविस–३ थार्पा बस्ने २० वर्षको रामसिंह बोहराले राति १२ बजेतिर जबर्जस्ती बारीमा लगेर बलात्कार गरेको बताइएको छ । किशोरीलाई विवाहको लागि प्रस्ताव गरिएको तर उनले विवाह गर्न नमानेकीले बलात्कार भएको रोबा गाविस–३ निवासी रुपबहादुर बुढाले बताए । पीडित किशोरीको उजुरीमा प्रहरीले अभियुक्त बोहरालाई निजकै घरबाट आज पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको निमित्त प्रहरी नायब उपरीक्षक दिनेश भण्डारीले बताउनुभयो । किशोरी कक्षा ८ मा अध्ययनरत् छात्रा हुन् । रासस (पुरा भिडियो हेर्नुहोस्)
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger