नुवाकोटमा माइक्रो दुघर्टना, चारको निधन

नुवाकोटमा माइक्रो दुघर्टना, चारको निधन नुवाकोट, कार्तिक ८ - काठमाण्डौबाट त्रिशुली जादै गरेको माइक्रो बस नुवाकोटस्थित पासाङ ल्हामुमार्गको बेगकोट नमुना गाविसमा दुघर्टना हुँदा ४ जनाको मृत्यु भएको छ । बा १ ज ९७५७ नम्वरको रुट विनाको माइक्रो बस बेगकोट नमुना गाविस वडा नम्वर ५ ती गाउँस्थित ओरबोटे भिरवाट करिव ५ सय मिटर तल खसेको हो । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको तर उनीहरुको सनाखत भईसकेको छैन । अन्य १३ जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाण्डौं ल्याइएको छ । घटनास्थलमा उद्धार र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रकाशित मिति: २०६९ कार्तिक ८ ०९:०९
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger