गाउँमा मोटर पुगेपछि अविरजात्रा
गाउँमा मोटर पुगेपछि अविरजात्रा
भोजपुर, कात्तिक ८ – भोजपुर सदरमुकाम र ओख्रे गाविस जोड्ने मोटरबाटोमा सवारी साधन गुड्न थालेको छ । भोजपुर–घोडेटार सडकसँगै विस्तार भई चखेवादेखि उदयपुरको रानिटार सडक खण्डमा जोडिने ३६ किलोमिटर सडकको उद्घाटन संविधानसभाका पूर्व सभासद सुदन राईले गर्नुभयो ।
सडक उद्घाटन समारोहमा १ हजारबढी स्थानीयवासी भेला भएका थिए । गाउँमा पहिलो पटक पुगेको मोटरसाईकल, ट्रयाक्टर लगायतको सवारी साधन तथा अतिथिहरुलाई गाउँलेले फूलमाला अविर लगाएर भव्य रुपमा स्वागत गरेका थिए ।
मोटर बाटो बनेपछि तराईबाट दैनिक उपभोग्य सामान गाउँसम्मै आउने र आफ्नो ठाउँमा फलेका अन्न तथा फलफूल विक्रीका लागि लैजान सजिलो हुने भुल्के गाविसका स्थानीय वासिन्दा गणेश तिम्सिनाले बताउनुभयो ।
Labels:
National News
Post a Comment