साइकलबाट लडेर मृत्यु
रसुवा, कार्तिक ७ - साइकल चलाउने लाग्दा रसुवाको स्याफ्रुबेसीमा एक युवकको मृत्यु भएको छ । नुवाकोट बागेश्वरी घरभई स्याफ्रु-९ स्थित नमस्ते होटलमा काम गर्दै आएका १७ वर्षीय विकास तामाङको सदरमुकाम धुन्चेको रसुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साइकलबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उपचार गर्दा मृत्यु भएको डीएसपी सुदीप गिरीले बताए । उनको शवलाई आफन्तको जिम्मा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०६९ कार्तिक ७ ०५:४०
Labels:
National News
Post a Comment