सहमतिको शुभकामना

कान्तिपुर काठमाडौ, कार्तिक ८ - कांग्रेस सभापति सुशील कोइरालार एमाले अध्यक्ष झलनाथ खनालले नेपालीमात्रको महान चाड बडा दसैंको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । कोइरालले दसैंलाई सांस्कृतिक पर्वका रुपमा चित्रित गर्दै अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वले नेपालीलाई दिने बताएका छन् । विज्ञप्तिमा नेपालीहरुले यो पर्वलाई पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको उल्लेख छ । हाम्रा चाड-पर्वहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याउने उल्लेख गर्दै मुलुकका समस्याहरुको उचित समाधान गरेर- देशमा दिगो शान्ति कायम गर्ने, राष्ट्रिय हितको संवर्द्धन गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण गर्ने गुरुत्तर जिम्मेवारीलाई सबैले आ-आˆनो क्षेत्रबाट पूरा चाडले सहयोग गरोस भन्ने कामना कोइरालाको छ । विज्ञप्तिमा शान्तिको सन्देश फैलाउने हाम्रो देश आफैं अशान्त भएको उल्लेख गर्दै यो स्थितिप्रति संवेदनशील भएर, एकता र मेलमिलापको रुपमा मनाइने विजया दशमीलाई हामीले हाम्रा कामकारवाहीहरुको समीक्षा गर्ने, केही त्रुटिहरु भएका छन् भने सच्चाउँदै जाने र हामीहरुका बीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई विर्सेर, देशको सर्वाङ्गीण हितमा संलग्न हुने पर्वको रुपमा स्मरण गर्न सके यसको उपादेयतामा वृद्धि हुने उल्लेख छ । यसैगरी एमाले अध्यक्ष खनालले बडादसैं तथा आउँदै गरेको शुभदिपावली नेपाल सम्बत्, छठ, ईद, ल्होसार लगायतका पर्वहरूको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय सहमति, सामाजिक सद्भाव र सम्पूर्ण नेपालीहरुको अग्रगतिका लागि शुभकामना व्यक्त गर्दै मुलुकमा चौतर्फि संकट गहिरिँदै गईरहेका बेला राष्ट्रिय एकता र सहमति बिना राष्ट्रको अग्रति सम्भब नभएकाले सहमतिका लागि चाड प्रेरणा बन्ने कामना गरेका छन् । अध्यक्ष खनालको निजी सचिबालय प्रकाशित मिति: २०६९ कार्तिक ८ १२:५८
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger