आज मिति २०६९ साल कार्तिक महिनाको १२ गते आईतबार, तदनुसार अक्टोबर महिनाको २८ तारिख, चतुर्दशी तिथीको राशिफल यस प्रकार छ ।

राशिफल, कार्तिक १२ गते आईतबार
राशिफल, कार्तिक १२ गते आईतबार 
मेष (चू चे चो ला ली लु ले लो अ)
कुनै सभा आदीमा भाग लिने अवसर मिल्नेछ। शुभ कार्यको योजना बन्नेछ। नसोचेको पाहुना आउने हुँदा घरायसि व्यबहारमा केही तनाव आउने देखिन्छ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
नोकारीमा इच्छित स्थानअन्तरण मिल्ने योग बन्ने छ। नयाँ परिचय लाभप्रद रहनेछ। आफ्नो कार्यकुशल्तामा अरु निखर आउनेछ।

मिथुन (का कि कु घ ङ छ के को हा)
ब्याबसायिक कारोवारमा सफलता प्राप्त हुनेछ। चन्द्रको चाल प्रतिकुल हुनेछ। ब्यार्थको झन्झट तथा बाधा आईपर्ने देखिन्छ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
परिवारमा शुभ कार्य सम्पन्न हुनेछ। ग्रह-गोचर शुभ रहनेछ। इच्छित कार्य गर्ने अवसर मिल्नेछ। शुभ कार्यको योजना पूर्ण हुनेछ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
कानूनी बिबादको बिजयी तपाईंको पक्षमा हुनेछ। ग्रह-गोचरको अनुकुलताले फलप्रद समय आउनेछ। तपाईंको साहस र पराक्रममा बृदि हुनेछ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
मुद्दाममिलामा बिजयी मिल्नेछ तर केही धन हानी हुने देखिन्छ। चन्द्रको चाल प्रतिकुल हुनेछ, मनोकुल कार्य सम्पन्न हुन किन्नै कठिन देखिन्छ।

तुला (र री रु रे रो ता ती तू ते)

घरायसी परिस्थितीमा केही सुधार आउनेछ। आयको स्रोत मध्यम रहनेछ। दाम्पत्य जीवनमा सुधार हुनेछ। बैबाहिक सुख तथा आनन्द प्राप्त हुनेछ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आज गरेको कार्यमा मित्रहरुबाट प्रशस्त सहयोग मिल्नेछ तर आफ्नो क्रोध तथा अहंम भावनालाई परै राख्नु पर्ने देखिन्छ।आर्थिक समस्याले पिरोल्ने देखिन्छ। कानूनी झन्झटबाट मुक्ती मिल्नेछ।

धनु (य यो भा भी भू ध फा ढ भे)
आज अचानक तपाईंको भाग्यदय हुने देखिन्छ। आर्थिक लाभ पनि राम्रै सँग हुनेछ। समयले हरेक कुरामा साथ दिने देखिन्छ। मौकाको फाईदा उठाउनु होला। कार्यभार तथा पराक्रम बढ्ने देखिन्छ।

मकर (जो जा जी खी खू खे खो गा गी)
पारिवारिक आवश्यकताको पुर्ती हुनेछ। कृषि क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ। कार्यस्थलमा समय मध्यम रहनेछ। मान-सम्मानमा बृदि हुनेछ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
समय एकदम अनुकुल रहेको देखिन्छ। रहन सहन , खानपानमा सुख मिल्नेछ। बिशेष कार्य सम्पन्न गर्ने अवसर मिल्नेछ। घर परिवारमा सुख बढ्नेछ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
परिवारमा कुनै शुभ कार्य सम्पन्न हुनेछ। दाम्पत्य जीवनमा सुख शान्ती आउनेछ भने बिग्रेको काम पनि बन्ने छ। ग्रह-गोचरको स्थिती शुभ रहनेछ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger