अब किताबका भारी बोकाउन नपाइने

अब किताबका भारी बोकाउन नपाइने *************** ********** काठमाडौ, कार्तिक १२ - सरकारले निजी विद्यालय व्यवस्थापनका लागि कक्षाकोठाको आकार, विद्यार्थीले बोक्ने झोलाको तौल तथा सवारीको निश्चित दूरी कायम गर्ने गरी नयाँ निर्देशिका तयार गरेको छ । निर्देशिका तिहारअघि नै ल्याउन शिक्षा विभागले अन्तिम तयारी थालेको छ । त्यसका लागि दुईवटा छुट्टाछुट्टै कार्यशाला सकिएका छन् । केही दिनपछि हुने अन्तिम कार्यशालापछि निर्देशिकालाई अन्तिम रूप दिइने छ । निर्देशिका लागू भए देशभरका करिब ८ हजार निजी विद्यालय प्रभावित हुनेछन् । विभागले निर्देशिकामा तयार गरेको मापदण्ड अहिलेका ९० प्रतिशत विद्यालयले पूरा गर्न नसक्ने देखिन्छ । सहरी क्षेत्रका केही विद्यालयले मात्रै मापदण्ड पूरा गरेका छन् । अन्यको विद्यालयको भौतिक पूर्वाधार विद्यालयजस्तो बन्न सकेको छैन । विशेष गरी साना कक्षाका विद्यार्थीलाई उमेर र कक्षागत सिकाइमा आवश्यक नै नपर्ने पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको अनावश्यक भार दिएको, नक्सांकन नै नगरी जथाभावी विद्यालय खोलेको, विद्यार्थी र विद्यालयको दूरी तयार हुन नसकेकामा निजीको आलोचना हुँदै आएको छ । प्राथमिक तथा पूर्वप्राथमिक तहका विद्यार्थीलाई निजीले उनीहरूको उमेरगत शारीरिक विकासमा प्रभाव पर्ने गरी पुस्तकको बोझ थोपर्ने गरेको शिक्षा विभागको ठम्याइ छ । अहिले आधारभूत तहका विद्यार्थी कम्तीमा ११ देखि १९ पुस्तक बोक्न बाध्य छन् । विद्यार्थीको निवास र विद्यालयको दूरी कायम नहुँदा घन्टौं सवारीमा बिताउनुपर्ने बाध्यता छ भने साना सवारीमा कोचाकोच विद्यार्थी बोक्ने गरेका छन् । शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले निजी विद्यालयले पोसाक, शुल्क, कक्षाकोठाको भौतिक स्वरूप आवश्यकताअनुसार पूरा गर्न नसकेकाले व्यवस्थित गर्न निर्देशिका ल्याउन लागेको बताए । 'तिहारअघिनिर्देशिकाको काम सकिने छ,' उनले कान्तिपुरसित भने, 'एउटा कार्यशाला गर्न बाँकी छ, त्यसको प्रतिक्रिया समेटेर निर्देशिकालाई अन्तिम रूप दिइने छ ।' निर्देशिका तयार गर्न निजी विद्यालयका संस्थागत प्रतिनिधिसमेत सहभागी छन्् । यो कार्यान्वयन भए नयाँ निजी विद्यालय खोल्न सहज हुने छैन भने भएकाले पनि आफूलाई मापदण्डभित्र दुरुस्त राख्नुपर्ने छ । प्रस्तावित निर्देशिकाअनुसा र विद्यालय भवन आफ्नै स्वामित्वमा भएको वा कम्तीमा ५ वर्षको भाडा सम्झौता भएको, ऐच्छिक विषयलाई समेत पुग्ने गरी छुट्टाछुट्टै कक्षाकोठा भएको, त्यस्तो कक्षा आधारभूत तहका लागि १ वर्ग मिटर र माध्यमिक तहका लागि १ दशमलव २ वर्गमिटरको, कम्तीमा १ दशमलव १ मिटर चौडाइको ढोका, तीनदेखि चार फिट आकारमा दोहोरो हावा ओहोरदोहोर हुने झ्याल तथा कक्षाकोठमा २ वटा ढोकाको व्यवस्थ्ाा भएको हुनुपर्ने छ । 'प्रत्येक कोठामा कम्तीमा ३३ जना विद्यार्थी अटाउन सक्ने हुनुपर्ने छ,' प्रस्तावित निर्देशिकामा भनिएको छ । 'कक्षाकोठाको उचाइ हिमाली क्षेत्रमा ८ फिट, उपत्यकामा ९ फिट र तराईमा कम्तीमा १० फिट अनिवार्य हुनुपर्ने छ । नयाँ बनाइने भवनको नक्सापास भूकम्प प्रतिरोधात्मक क्षमताको हुनुपर्ने छ,' प्रस्तावित निर्देशिकामा भनिएको छ । सहरी क्षेत्रका अधिकांश स्कुल व्यक्तिगत प्रयोजनमा बनाइएका घरमा चलाइएकाछन् । कम्तीमा ५० छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, कक्षा ६ भन्दा माथिकाछात्राका लागि स्यानेटरी बक्ससहितको परिवर्तन कक्ष व्यवस्था गर्न पनि निर्देशिकामा प्रस्ताव गरिएको छ । विद्यार्थी आवासगृह १ किलोमिटर पर भए विद्यालय ल्याउन छुट्टै सवारी व्यवस्था गर्न, कक्षा ६ भन्दामाथिका विद्यार्थीका लागि प्रतिविद्यार्थी ३० वर्गमिटर र तल्लो कक्षाका लागि २० वर्गमिटर आवास स्थान उपलब्ध गराउनुपर्ने पनि उल्लेख छ । 'चलेका विद्यालयलाई अवरोध हुँदैन, उनीहरूलेसुधार्दै जान सक्छन्, नयाँ खोल्नेले पहिल्यै मापदण्ड पूरा नगरी अनुमति पाउने छैनन्,' निर्देशक पाण्डेले भने, 'यसले निजीलाई थप व्यवस्थित बनाउने छ भन्ने हाम्रो अपेक्षा छ ।' विशेष गरी सबैभन्दा बढीआलोचना खेप्दै आएको अनावश्यक पाठ््यपुस्तकर शैक्षिक सामग्रीको भार काम गर्न कक्षागत आधारमा झोलाको तौल निर्धारण गरिएको छ । जसअनुसार आधारभूत तहअन्तर्गत कक्षा १-५ का विद्यार्थीका लागि ४ केजी, कक्षा ६-८ का विद्यार्थीका लागि ६ केजी र माध्यमिक तहका विद्यार्थीले ८ केजीसम्मको झोला बोक्न सक्नेछन्् । 'यो खाजासहितको झोलाको तौल हो,' पाण्डेले भने, 'अनावश्यक पाठ््यपुस्तकले मात्रै विद्यार्थीको सिकाइ हुन्छ भन्ने छैन । उमेरअनुसार उनीहरूको शारीरिक विकासलाई प्रभाव नपर्ने गरी झोलाको तौल निर्धारण गरिएको छ ।' केही वर्षअघि भारतको केन्द्रीय विद्यालयले पनि विद्यार्थीको झोलाको तौल यस्तै तोकेको थियो । पूर्वप्राथमिक तहका विद्यार्थीले झोला बोक्नुपर्ने छैन । निर्देशिकाले पाठ््यक्रमले निर्धारण गरेको विषयका आधारमा पाठ्यक्रमभन्दा डेढ गुणामात्रै हुने गरी सन्दर्भ सामग्री प्रयोग गर्नुपर्ने, सरकारले स्वीकृत गरेको पाठ््यपुस्तक तथा सूचीकृत सन्दर्भ सामग्रीमात्रै लागू गर्नुपर्ने, कम्तीमा २ वर्षसम्म एउटै पाठ्यसामग्री र पाठ्यक्रम लागू गर्नुपर्ने व्यवस्था गरेको छ । अहिले निजीले बर्सेनि पाठ्यपुस्तक र सामग्री बदल्ने गरेका छन् । नयाँ प्रकाशन गृहका पाठ्यसामग्री लागू गर्दा सञ्चालक तथा पि्रन्सिपलले १५ देखि ३५ प्रतिशतसम्म कमिसन पाउने गरेका छन् । विद्यार्थी बोक्नेसवारी सुन्तला रंगको हुनुपर्ने छ । निजीले उपत्यकामा कक्षा ५ सम्मका विद्यार्थीलाई १० किलोमिटर क्षेत्रभित्र र त्यसभन्दामाथिकक्षा १० सम्मका विद्यार्थीलाई १८ किलोमिटरभित्रैब ाट ल्याउन सक्ने छन् । निर्देशिका लागू भए विद्यार्थीले त्यसभन्दा लामो दूरीबाट विद्यार्थी बोक्न पाउने छैनन् । उपत्यका बाहिर भने यस्तो दूरी कक्षा ५ सम्मकालाई १५ किलोमिटर र त्यस माथिकालाई २५किलोमिटर तोकिएको छ । निजी विद्यालयहरूको एउटा संगठन प्याब्सनकामहासचिव डीके ढुंगानाले सरकारले निजीलाई कस्ने गरी निर्देशिका ल्याउन लागेको बताए ।'सरकारी विद्यालयले नै यो मापदण्ड पूरा गर्न नसकेको अवस्थामा निजीमा लागू हुनेमा शंका छ', उनले भने, 'सरकारले निजीलाई सुधार्नुको सट्टा निर्देशिका ल्याएर बन्देज लगाउन खोजेको ठानेका छौं । यसले कहाँ पढ्ने विद्यार्थीको रोजाइलाई पनि प्रहार गरेको छ । मापदण्ड बनाउनु राम्रो हो,पूर्वाग्रह राखेर नियन्त्रण गर्न खोज्नु राम्रो होइन ।' उनले ९० प्रतिशत विद्यालयले निर्देशिकाअनुसा र कक्षाकोठा तथा पाठ्यपुस्तकको व्यवस्था गर्न नसक्ने दाबी गरे । 'निर्देशिका निजी शिक्षालाई सुधार्नेखालको छैन,' उनले भने, 'बाटो नभएर तुइनबाट झरेर विद्यार्थीले ज्यान गुमाइरहेको नदेख्ने राज्यले निजीलाई सामान्य कुरामा कस्न खोज्नु अर्थपूर्ण छ ।'
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger