लुटपाट गर्ने तीनजना पक्राउ

लुटपाट गर्ने तीनजना पक्राउ बैतडी, कात्तिक ८ – बैतडीको शिवनाथ गाविसमा सामुहिक रुपमा लुटपाट गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्रेको छ । १४/१५ जनाको लुटेरा समुहले स्थानीय ६ घरबाट डेढलाख नगद, डेढ तोला सुन, ४ थान मोबाईल लुटेर लगेका थिए । सेती अञ्चल प्रहरी कार्यालय दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय तल्लो स्वराडबाट गएको प्रहरीको टोलीले लुटपाटमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger