वन कार्यालयबाट दुईजना कैदी फरार

वन कार्यालयबाट दुईजना कैदी फरार उदयपुर, कात्तिक ८ – वन सम्बन्धी मुद्दा खेपिरहेका दुई कैदी जिल्ला वन कार्यालय उदयपुरबाट फरार भएका छन् । कार्यालयका शाखा अधिकृत कुमार खड्काका अनुसार मंगलबार बेलुकी खाना ख्वाउन निकालिएका सातमध्ये दुई बन्दी लोडसेडिङको मौका छोपेर भागेका हुन् । उदयपुर जोगीदह गाविस–५ का दीपक अधिकारी र त्रियुगा नगरपालिका–३ का सुकदेव चौधरी भागेका छन् । स्थानीय चुरे जङ्गलमा अवैधरूपमा रुख ढालेर काठ काट्दै गरेको अवस्थामा केही दिनअघि उनीहरुलाई वन गस्ती टोलीले समातेको थियो । फरार हुने बित्तिकै प्रहरीलाई खबर गरिएको भएपनि प्रहरीले उनीहरूलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger