यौन सम्बन्धि ज्ञान नहुँदा

यौन सम्बन्धि ज्ञान नहुँदा यौन सम्बन्धि ज्ञान नहुँदा मानिसहरुले अनेकौ समस्याहरु भोगीरहेको छ। यौन मानिसहरुकालागी रोचक तथा नितान्त आवश्यक तत्वको रुपमा रहेको छ। यसलाई पश्चिमी समाजले साधारण रुपमा लिईसकेतापनि हाम्रो सस्कृतीले यस माथी अनेकौ बन्देजहरु लगाएको छ। यस्ता बन्देजहरुले मानिसलाई उच्छिखंल बनाउन रोक लगाएता पनि यौन ज्ञानको अभावमा कतिपय समय यसले ठुलो समस्याहरु निम्त्याउने गरेको छ। समयको बदलाव संगै यसबारे एक अर्कासंग ज्ञान आदन प्रदान गर्नेबढेको छ। यसले मानिसमा भएको यौन सम्बन्धि अनेकौ भ्रमहरुबाट निस्कन मद्यत पुर्याएको छ।समय संगै परिर्तन भईरहेने मानिसका लागी अहिले पुरा बिश्व नजिकिसकेको छ। पहिले भेटघाट र पत्रको अदान प्रदानले एक अर्का संग नजिकिने मानिस अहिले ईन्टरनेटबाट एकै समयमा सारा बिश्व एकै ठाँउमा भर्ला हुन सक्ने अवस्था आइसक्यो। यसले हरेक प्रकारका मानिसहरु बीच हरेक कुराहरुको आदान प्रदान हुन थालेको छ। यस मध्ये यद्यन एक प्रमुख तत्व भइसकेको छ। ईन्टरनेटमा मानिसहरुको ठुलो समुह यस सम्बन्धि लेख, रचना, चित्रहरु तथा फिल्महरु हेर्न सधै लालायित रहेको देखिन्छ। यसले गर्दा ईन्टरनेटमा यौनको जति चर्चा तथा चासो अन्य बिषयको तुलनामा निक्कैबढी रहेको छ। समयले जतिसुकै ज्ञानको आदान प्रदान हुने गरेतापनि यौन ज्ञानको अभावमा मानिसहरु आफुलाई कमजोर ठान्ने देखी लिएर अनेकौ भ्रममा परिरहेको हुन्छ। कतिपय मानिसहरु आफ्नो पुरुष यौन अंग ठुलो भएमा वा ठुला स्तन भएका महिला भएमा यौन बढी आनन्दमयी हुने बिश्वास राख्ने गर्छन। तर योभ्रममात्र हो, यसले मानिसको यौन सम्बन्धमा कुनै भुमिका खेलेको हुदैन। मानिसले खुला ह्रदयले बिना डर त्रास गरिने हरेक यदन सम्बन्धमा उत्तिकै आनन्द आउछ। तर अनैतिक सम्बन्धको बेला तथा मनमा भ्रम राखी यौन सम्बन्ध राख्ने गरेमा यसबाट आनन्दको सट्टा हिनताबोध हुन सक्छ। स्वप्न दोष, हस्त मैथुन भनेका कुराहरु स्वभाविक हुन, मानिसको शाररिक मागका कारण हुने यी कुराहरुलाई कतिपय मानिसहरुले रोगकोरुपमा व्याख्या गरेको पाईन्छ। कतिपय समय हिस्टीरिया डिप्रेशन जस्ता बिमारीमा यौनले औषधीको रुपमा काम गर्ने गरेको हुन्छ। कतिपय समय मानिसहरु यौन सम्बन्धले तृप्ती नपाउदा किचकिचे तथा हिनबोधताले ग्रस्त समेत हुने गरेको पाईन्छ। कतिपय मानिसहरु यौन बर्धक औषधीको सेवन गरी यौन समस्याको हल खोजीरहेकाहुन्छन तर यसले बास्तविक रुपमा कुनै मद्यत पुर्याईरहेको हुदेन भने कुनै कुनै मानिसलाई यसको माध्यमले आत्मबिश्वास चाही बढेकै हुन्छ। यसले गर्दा त्यस्ता मानिसहरुलाई यसबाट केही फाईदा पुग्ने गरेको हुन्छ। समष्टीमा यौनको चरम सु:ख पाउन मानिसमा दृध इच्शक्तिको आवश्यकता हुनुका साथ आफुमा पुर्ण आत्मबिश्वास हुन निक्कै जरुरी छ। जब मानिसहरु युवा अवस्थामा प्रवेशगर्छन तब यसको ज्ञान हुन निक्कै जरुरी छ। कुन समयमा यद्यन सम्बन्ध राख्न हुन्छ, कसरी सुरक्षित यौन सम्बन्ध राख्ने जस्ता साधारण कुराहरु बारे समयमानै ज्ञान नहुँदा मानिसहरुले अनेकौ समस्याहरु भोगीरहेको हुन्छ। यस कारण समाजमा यस बिषयमा चेतना फैलाउन निक्कै जरुरी रहेको छ। आजको युगमा हामीले संकुचित बिचार त्यागी यस बिषयलाई पनि अन्य बिषयहरुमा जस्तै खुला रुपले लिई ज्ञान तथा बिचार आदन प्रदान गर्ने गरेमा यसबाट आउने अधिकासं समस्याहरुबाट पार पाउन सक्छौ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger