काठमाडौं आउने बढे

काठमाडौ, कार्तिक १४ - दसैं मनाएर राजधानी फर्किनेको संख्या पछिल्लो दुई दिनमा करिब १ लाख पुगेको छ । ट्राफिक प्रहरी प्रभाग, नागढुंगाको आइतबार र सोमबार राति अबेरसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । शुक्रबार करिब ५६ हजार र शनिबार अबेर रातिसम्म गरी ५० हजार यात्रु राजधानी फर्किएको, प्रभागका सई कैलास कुमार कार्कीले बताए । मंगलबारदेखि सरकारी र अधिकांश निजी कार्यालय समेत खुल्ने भएकाले आइतबार र सोमबार झन्डै दोब्बरको हाराहारीमा यात्रुहरू फर्किने ट्राफिकको अनुमान छ । हरेक सार्वजनिक बस, तथा निजी सवारीसाधनमा रहेका यात्रुको संख्या जोडेर तथ्यांक निकालिएको ट्राफिकले जनाएको छ । नागढुंगा बाहेक बालाजु, साँखु, साँगा र बल्खुबाट राजधानी भित्रिनेको संख्या यसमा समावेश छैन । प्रहरीका अनुसार, नागढुंगा नाकाबाट मात्रै घटस्थापनादेखि दसैंको दिनसम्म २ लाख ६७ हजार यात्रु राजधानीबाट बाहिरिएका थिए । यसपाली अधिकांश ठाँउमा छतमा यात्रु ओसार्न प्रहरीले रोक लगाएको थियो ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger