कतारमा धुम मच्चाए नेपाली कलाकारले (फोटा फिचरसहित)

दोहा । नेपालबाट आएका लोकपि्रय कलाकारहरुले कतारमा श्रमरत नेपालीलाई भरपुर मनोरन्जन प्रदान गरेका छन । तनहुं सेवा समाज दोहाले हिन्दुहरुको महान पर्ब बडा दशै तथा इस्लामहरुको महानपर्ब इद अल अदा (बकरईद)को अबसरमा दोहाको चिडिया घरस्थित डिम पार्कमा आयोजना गरेको ‘तनहुं धमाका सांस्कृतीक कार्यक्रम’मा बिबिध प्रस्तुति पस्केर मनोरन्जन प्रदान गरेका हुन । लोकपि्रय गायक बाबु बोगटीले आफ्नो चर्चित गित सान्नानी तिमीलाई हिर्काउंला लौरीले टवाक्क, टवाक्क, टवाक्क तथा तुलसी आंगनमा रोपौला लगायतका गीत गाएउँदा उपस्थित दर्शकलाई नेपालमै पुर्‍याएका थिए । जिन्दगिमा सबै थोक पाएर तिमिलाई पाउन सकिन चाहेर म जिउन सक्दिन मुटु जलाई जलाई तिमी जिबन तिमी नै मृत्यु हौ नछोड है मलाई लोक गायक पुस्कल शर्माले यो लोक गीत गाउंदा दर्शक घरकी मायांलु लाई संम्झेर भाब बिभोर भएका थिए । अर्कि लोक गायिका पूर्णकला बिसीले गलबन्दी लेउ बैना, तिम्रै झल्को आउंछ मेरो पर्देशी, देउरालीको भट्टी पसल लगायतका गीत गाएर उपस्थित दर्शकलाई मनोरन्जन प्रदान गरेकी थिइन । याम क्षत्रीले लोक गीत गाउंदा अर्का गाएक तथा मोडल पुस्कल शर्माले जिबन्त अभिनय गरेका थिए ।
कार्यक्रममा मोडल तथा लोकपि्रय नायिका सोभिता सिंखडाले बिक्दैन यो जोबन छन छन गर्ने पैसामा र नाई नभन्नु ल बोलको गीतमा आकर्षक नृत्य गरेकी थिइन । उता दशौ पटक सांस्कृतीक कार्यक्रमका लागि कतार आएकी नायिका एबं डान्सर डोली सरकारको नृत्यले चिसो शुरु हुन लागेको कतारमा दर्शकलाई मज्जेले तताएकी थिइन । ३ सय भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरीसकेकी अर्की लोक डान्सर संम्झना बुढाथोकीले रिमिक्स गितमा आफ्नो जवानी मजैले घुमाएकी थिइन । कार्यक्रमका मुख्य आकर्षण रहेका हर्के हवल्दार (बिष्णु सापकोटा)को कमेडी प्रहसनले दर्शकलाई पेट मिची मिची हंसाएको थियो । उनले हर्के हवल्दारको र लाहुरे बा को चरित्र मा उहि रुपमा दर्शक सामु उपस्थित भएका थिए जुन रुपमा कान्तिपुर टेलिभिजनमा सिरियल आउने गर्छ ।
प्रवासी दलित एकता समाज कतारले कार्यक्रमको बिच बिचमा पन्चे बाजा बजाएर मनोरन्जनमा अर्को इटा थपेको थियो । निराजन भण्डारी र सोभिता सिखडाले संचालन गरेको कार्यक्रमको अन्तमा पुर्णकला बिसी, यम क्षत्री, पुस्कल शर्मा तथा मिनु बिश्वकर्माका बिच दोहोरी घम्साघम्सी चलेको थियो । कार्यक्रमको आरम्भमा प्रमुख अतिथी समेत रहेकी कतारकालागी नेपाली राजदुत डा मायां कुमारी शर्माले बिदेशमा रहेर पनि नेपाली संस्कृती झल्काउने गरी सांस्कृतीक कार्यक्रम आयोजा गरेकोमा आयोजक तनहु सेवा समाज लाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम सफलताको शुभकामना दिएकी थिइन ।
तस्वीरः दिपक पुडासैनी/अनलाइनखबर
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger