पहिले सरकार अनि कुराकानी : काँग्रेस–एमाले

काठमाडौ, कार्तिक १२ - कांग्रेस र एमालेका शीर्षनेताहरूले डा‌. बाबुराम भट्टराईको सरकारले ठाउँ खाली नगरेसम्म अन्य विषयमा कुराकानी नगर्ने बरु आन्दोलनमा जाने निष्कर्ष निकालेको छ । राजनीतिक गतिरोधको निकास निकाल्न साझा धारणा बनाउने भन्दै ललितपुरमा बसेको दुई प्रतिपक्षी दलका नेताहरु पहिले राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने अडानमा पुगेका हुन् । 'सबै गतिरोधको जड वर्तमान सरकार हो, यो सरकारले ठाउँ छाडेर राष्ट्रिय सरकार नबनेसम्म अरु कुनै पनि विषयमा कुराकानी हुन्न' बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले संवाददाताहरुसंग भने । काँग्रेस उपाध्यक्ष रामचन्द्र पौडेलले पनि राष्ट्रिय सहमतिको सरकार नबनेसम्म अरु कुरामा छलफल नगर्ने निष्कर्षमा दुई दल पुगेको बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार काँग्रेस र एमालेका नेताहरुलाई भेटेर विकल्पहरु सहितको लिखित प्रस्ताव दिएको थियो । दाहालको प्रस्तावमा पहिलो संविधानका सहमति भएका विषयहरु समेटेर संविधान जारी गर्नका लागि संविधानसभाको पुनस्थापना गर्ने, दोस्रोमा यदी पुनस्थापनामा सहमति जुट्न नसकेमा यही सरकारमा काँग्रेस र एमालेसमेत सामेल भएर अगामी बैशाखमा संविधानसभाको अर्को निर्वाचन गर्ने भन्ने रहेको थियो । काँग्रेस र एमाले नेताहरुले भने पहिले माओवादीले सरकारको नेतृत्व छाडेपछि मात्र अरु विषयहरुमा छलफल हुन सक्ने अडान राख्दै आएको छ । बैठकमा कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तथा एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल सहभागी भएका थिए ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger