बेजियममा सफलता चुम्दै नेपाली व्यवसायी
काठमाडौ, कार्तिक १४ -
बेल्जियम करिव बाइस वर्ष अघि बेल्जियमा आउ“दा रविन्द्रमान श्रेष्ठ यहँ“ भएका नेपाली हातकै औलामा गन्न सक्थे । कताकति नेपाली थिए र सवै अर्काकै कामको चटारोमा दौडिरहेका भेटिन्थे । आफ्नै व्यापारको बारेमा कसैले सोच्न पनि नसक्ने अनुभव उनीस“ग छ । तर अहिले अवस्था फेरिएको छ । यता आएको केहि वर्षमै श्रेष्ठले व्यवसायमा हात हाले । जसले गतिलो सफलता पनि पायो । आफ्नो भाषा बोल्ने कुनै मान्छेसंगै नहुदा पर्ने असुविधा र जतीसुकै कठोर भए पनि उनले हिम्मत हारेनन् र विरानो देशमा संघर्ष गरी रहे । फलस्वरुप उनी अहिले बेल्जिययमका सफल नेपाली व्यवसायी हुन् ।
त्यसो त व्यापार स्थापित गराउन नसकेर टाट पल्टेका नेपाली पनि नभएका होइनन् । श्रेष्ठ भन्छन – व्यापार स्थापित गराउन लगानी र निरन्तरता आवश्यक हुन्छ र कतिपय अवस्थामा घाटामा पनि परिएला तर त्यसलाई निरन्तरता नदिने हो भने उम्कन सकिदैन ।
सन् २००४ मा बेल्जियमा आएका पर्वत फलेवासका अर्जुन कुमार श्रेष्ठ पनि छोटै समयमा बेल्जियमा स्थापित भएका व्यवसायी हुन् । बेल्जियममा उनका ४ रेष्टुरेन्ट छन् भने उनी ट्राभल्स तथा मनी एक्सचेन्ज व्यवसाय सुरु गर्ने योजनामा छन् । उनी नेपालीहरुका व्यवसायी परामर्शदाताका रुपमा पनि चिनिन्छन् । पछिल्ला तिन चार वर्षमा उनले व्यवसायीहरुलाई व्यवसाय सुरु गर्न तथा स्थापित गराउन सहयोग गरिरहेका छन् ।
बेल्जियममा अन्य आप्रवासी समुदायहरुको दसकौं लामो इतिहाँस छ तर उनीहरु मध्ये कमै मात्र व्यवसायमा लागेका छन् र धेरै जसो सामान्य मजदुर नै छन् । नेपालीहरुको उद्यमशिलता र मेहनेतका कारण संख्यात्मक रुपमा व्यवसायमा फड्को मार्न सकेको अनुभव उनीहरुको छ । तर व्यवसाय शुरु गर्नुभन्दा त्यसलाई निरन्तरता दिनु ठुलो चुनौती हो’ उनीहरु भन्छन् ।
युरोपको राजधानी मानिने बेल्जियममा २ सय ५० नेपालीले विभिन्न व्यापार व्ययवसाय संचालन गरेका छन् । बेल्जियममा नेपालीको पहिलो व्यवसाय सन् १९९६ रविन्द्रमान श्रेष्ठले सुरु गरेका हुन् । तर सन् २००५ मा नेपालीहरुले स्थाई बसोबासको अनुमति पाएपछि २००७ बाट नेपाली व्यवसायहरुको संख्या द्रुत गतिमा बढेको देखिन्छ । बेल्जिययमा अधिकंँस नेपालीले शरणार्थीको आवेदन दिदै कानुनी प्रकृयाबाटै स्थाई बसोबासको अुनमति पाएका छन् । वैधानिक बसाइको अुनमतिपछि व्यापार व्यवसाय गर्न पाउने कानुनी व्यवस्था छ ।
बेल्जियममा धेरै नेपालीले घर समेत किनेर व्यवस्थित बसाई र व्यवसाय गरेका छन् । आगामी १० बर्षमा धेरै नेपालीहरु मिलिनियर हुने ठोकुवा गर्छन पुराना व्यवसायी रविन्द्र । बेल्जियमा रहेका नेपालीहरुको रेष्टुरेन्ट व्यवसायमा जापानी खाना सुसीमा नेपालीहरुले राम्रो स्थान बनाएका छन् । बेल्जियमका ठुला शहरहरु एन्र्टवपेन, लुभेन, गेन्ट, वुग्रे र वेस्टेण्डेमा नेपाली व्यवसायीका शुशि व्यवसाय राम्रो संग फस्टाएका छन् । बेल्जियमका विभिन्न शहरहरुमा करिव ४० भन्दा बढि शुशि व्यवसायीहरु रहेका छन् । यसबाहेक यस बाहेक इन्डियन, नेपाली खाना रेष्टुरेनट, मनि ट्रान्सफर, हस्तकला, सुपर मार्केट, नाइट सप जस्ता व्यवसायहरुमा नेपालीको संलग्नता छ । नेपालका उत्पादित वियर, तयारी पोशाक, खाद्यान्न र कच्चा पदार्थ विषेश गरी जडिबुटी बेल्जियमका बजारमा आयत हुन्छन् । नेपालीहरुलाई नै लक्षित गरेर नेपाली खाद्य पदार्थ आयत गर्न सके राम्रो बजार पाउन सक्ने प्रचुर संभावना छ बेल्जिययमा ।
तर बेल्जियममा नेपालीहरुको पहिलो पुस्ता भएकाकारण भाषिक समस्या तथा ठुलो पूजि अभावका कारण नेपालीहरु भने सफल भै सकेका छैनन् । बेल्जियमा चर्को सरकारी कर, कामदारको ज्याला र कमदारको कर अति नै उच्च छ । सरकार पनि आप्रवासी मैत्री छैन । सरकारी मापदण्ड अनुसार सानो तिनो गल्तिमा पनि ठूलो जरिवाना तिर्नु पर्ने हुन्छ ।
बेल्जियमका व्यवसायीहरुको हितका लागि बनेको संस्था नेपाली व्यवसायी संघ बेल्जियम २००६ मा स्थापना भएको छ । संघले व्यवसायीलाई विभिन्न कानुनी तालिम र सेमिनार आयोजना गर्दै आइरहेको छ । उक्त संगठनमा १२० व्यवसायी आवद्ध छन् । नेपाल र बेल्जियविच व्यापार व्यवसाय प्रवद्र्धन गर्ने व्यवसायी संघ क्रमिक रुपमा सफल रहे पनि अप्ठ्यारो परेका व्यवसायीहरुलाई सहयोग गर्ने भने व्यवासायी संघले केहि गर्न सकेको छैन । व्यवसायीहरुलाई आर्थिक हिसावले उद्धार गर्ने कुरा संभव छैन तैपनि डुवेका व्यापारीहरुलाई सहयोग गर्नको लागि आपतकालिन कोष बनाउने सोच रहेको संघका अध्यक्ष हरि कुमार शर्मा थपलियाले बताए ।
आफ्नो क्षमता, सिप, बजारको माग, स्थानिय कानुनको पर्याप्त अध्यन नगरि बेल्जियममा व्यवसाय गर्ने फेसन नै भएको छ । विषेश गरेर ढुकुटी खेल्ने अनि त्यसबाट आधा रकम छाडेर बुझ्ने अनि व्यवसाय सुरु गर्ने प्रवृतिले धेरै नेपालीलाई आर्थिक रुपमा धरासायी बनाएको छ । यसले सामाजिक विसंगति पनि निम्त्याएको छ भने बेल्जियमको कानुन अनुसार यो गैर कानुनी धन्दा हो । बेल्जियमका केहि व्यवसायीहरु व्यवसायमा घाटा हुँदा पलायन हुनु परेको र नेपालको पैत्रिक संपत्ति समेत विक्रि गरेर ऋण तिर्नु परेका उदाहरण पनि छन् ।
युरोपियन मुलुकमा भएको आर्थिक संकटका कारण राम्रो रोजगारी नपाउनु र पश्चिम युरोपका देशले पुर्वि युरोपका जनताहरुलाई काम गर्ने अनुमति दिनुले कामको अभावले पनि सकि नसकि नेपालीहरु व्यवसायमा हाम फाल्न बाध्य भएका हुन् ।
नेपाली मुलका व्यवसायीहरुलाई व्यवसायमा कसरि स्थापित गराउन सकिन्छ नेपाल सरकारको तर्फबाट केहि त्यस्ता नितिहरु छन् कि भन्ने प्रश्नमा बेनेलुक्सका लागि नेपाली राजदुत राम मणि पोखरेलले नेपाल सरकारको कुनै निति पनि नभएको र सहयोग पनि गर्न नसक्ने बताए । तर नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुका लागि भने नेपाल सरकारको कानुनमा रहेर सवै सहयोग गर्न दुतावास तयार छ , उनले थपे ।
Labels:
National News
Post a Comment