बकर इद मनाउन गाई तस्करलाई रिहा
बकर इद मनाउन गाई तस्करलाई रिहा
बारा, कात्तिक १० – बाराको मटिअर्वामा बिहीबार राती गाई तस्कर दुइ समूह बीच झडप भएपछि पक्राउ परेकाहरुलाई प्रहरीले छाडेको छ । भारततर्फ गाईको तस्करी गर्दै आएका दुइ समूहबीच मटिअर्वाको निलकण्ठवामा झडप भएको हो ।
गाई तस्करीमा संलग्न रहेका सशस्त्र प्रहरी जवान इमाम हुसेन र सहयोगी कलाम मियाँको समुह र पुरैनियाका कपिल मिया ठकुराइको समुहबीच कुटाकुट भएपछि प्रहरीले ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तर गाउँलेहरुले झडपका विषयमा आपसी समझदारीबाटै समाधान खोज्ने बताएकाले मुक्त गरिएको प्रहरी नायब उपरीक्षक अनुराग द्विवेद्वीले बताउनुभयो । शनिबार मुश्लिम धर्मावलम्बीहरुको पर्व बकर इद भएकाले अहिलेलाई उनीहरुलाई मुक्त गरिएको प्रहरीको भनाई छ । स्थानीयवासीका अनुसार, झडपमा दुवै तर्फबाट करिब २०/२५ जना भारतीय नागरिकहरु पनि सहभागी थिए ।
सीमावर्ती क्षेत्रमा भएको झडपमा दुवै तस्कर सुमहले भारतीय तस्करलाई पनि बोलाएका थिए । गाई तस्करीमै सम्लग्न दुबै समुहवीच एकले अर्कोलाई अबरोध गरेपछि झडप भएको थियो ।
Labels:
National News
Post a Comment