बुढोमान्छेलाई कुटपीट गर्ने ३ जना पक्राउ
बागलुङ, कात्तिक १० – बागलुङको भकुण्डे गाविसमा खानेपानीको बिषयलाई लिएर एक बृद्धलाई कुटपीट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्रेको छ ।
धारामा पिउने पानीको बिषयमा बिवाद हुँदा भकुण्डे ६ का ६५ बर्षिय सोमबहादुर थापालाई कुटपीट गर्ने स्थानीय २४ बर्षिय तिलबहादुर थापा, ४५ बर्षिया दुरपति थापा र भारत गुजरात घर भएका २५ बर्षिय सचिन नारायण पवारलाई पक्राउ गरिएको प्रहरी नायव निरिक्षक शैलेन्द्र खड्काले जानकारी दिनुभयो ।
घाइतेको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ
Labels:
National News
Post a Comment